तीव्र गतिमा पृथ्वीतर्फ आउँदै धुमकेतु, पृथ्वीसँग ठोक्किए प्रलय हुने वैज्ञानिकको चेतावनी



एजेन्सी : ठूलो आकारको धुमकेतु पृथ्वीतिर आइरहेको वैज्ञानिकहरुले बताएका छन् । तीव्र गतिमा पृथ्वीतर्फ आइरहेको उक्त धुमकेतु पृथ्वीमा ठोक्कियो भने के होला ?

वैज्ञानिकहरु यतिवेला यसै विषयलाई लिएर चिन्तित रहेका छन् । अमेरिकी राष्ट्रिय हवाई यातायात तथा अन्तरिक्ष प्रशासन (नासा)ले पृथ्वीतर्फ आइरहेको धुमकेतुको बारेमा गहन अध्ययन गरिरहेको समेत जानकारी दिएको छ ।

खगोलशास्त्रीहरुले धुमकेतु पृथ्वीसँग ठोक्किएमा ठूलो प्रलय आउने चिन्ता व्यक्त गरेका छन् ।

वैज्ञानिकका अनुसार उक्त धुमकेतुले जनवरी १२ मा पृथ्वीको नजिकैबाट पार गर्नेछ । उक्त धुमकेतुको आकार धुमकेतु आकार ४९ फिट (१५ मिटर) लामो रहेको छ भने यो २८,४४० प्रतिघण्टाको गतिमा पृथ्वीतर्फ आइरहेको छ । पृथ्वीबाट १६४५५७६ किलोमिटर टाढा रहेको उक्त धुमकेतु पृथ्वीसँग ठोक्किएमा १८५ फिट उचाईमा सुनामी आउन सक्ने वैज्ञानिकहरुले चेतावनी दिएका छन् ।

नासाका अनुसार तेज रफ्तारमा आएको धुमकेतु पृथ्वीको कुनै पनि क्षेत्रमा ठोक्कियो भने समुन्द्री आधीसँगै प्रलय आउनेछ ।

अन्तरिक्ष वैज्ञानिकहरुले उक्त धुमकेतुको दिशाको विषयमा अध्ययन गरिरहेको जानकारी दिएका छन् । वैज्ञानिकका अनुसार धुमकेतु पृथ्वीको नजिकैबाट जाँदा कुनै पनि क्षति हुँदैन । नासाले अहिलेसम्मको जानकारी अनुसार धुमकेतु पृथ्वीको एकदमै नजिकबाट जानेछ ।

नासाले उक्त धुमकेतुको नाम २०२० एबी२ दिएको छ । नासाले उक्त धुमकेतुको बारेमा एस्टेरोइड ट्र्या्किङ सिस्टमको माध्यमबाट पत्ता लगाएको थियो ।

धुमकेतु पनि सोलार सिस्टमकै एक हिस्सा हो । यो ढुंङ्गा, धुलो, बरफ र स–साना टुक्राहरुबाट बनेको हुन्छ । ग्रहले जस्तै यसले पनि सूर्यको परिक्रमा गर्छ । धुमकेतुमा बरफ, कार्बनडाइअक्साइड, मिथेन, एमोनिया, सिलिकेट र कार्ब्निकको मिश्रण रहेको हुन्छ ।

प्रतिक्रिया दिनुहोस्