गायक तिलक सिंह पेलाको ‘निर्जन किनार’ बजारमा



काठमाडौं : सुदुरपश्चिमका चर्चित गायक तिलक सिंह पेलाको ‘निर्जन किनार’ बोलको म्युजिक भिडियो बजारमा आएको छ ।

राजधानीमा गत शनिबार एक कार्यक्रमको आयोजना गरी पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्द, संगीत गुरु धनबहादुर गोपाली, वरिष्ठ संगीतकार राजु सिंह लगायत सांगेतिक ब्यक्तित्वहरुको उपस्थितिमा लोकार्पण भएकोको सो भिडियो गायक आफ्नै आधिकारिक युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ ।

कृष्ण सिंह पेलाको शव्द र रिदम कँडेलको संगीत संयोजन रहेको उक्त गीतको म्यूजिक भिडियोमा सनम कठायत र समिक्षा पोखरेलको जिवन्त अभिनय रहेको छ । भिडियोलाई पराजन केसीले निर्देशन गरेका हुन् ।

मुकेश हुमागाइँको छायाँकन रहेको भिडियोलाई विनोद बमले सम्पादन गरेका छन् ।

शास्त्रीय संगीतका गुरु पनि रहेका गायक तथा संगीतकार पेलाले लामो समय साधना गरि २३ बर्ष पछि गाएको सो गीत निकै मर्मस्पर्शि सुनिन्छ ।

प्रतिक्रिया दिनुहोस्