हरेक कामका लागि सङ्घीय सरकारको मुख ताक्नुपर्दैन : उपप्रधानमन्त्री पोखरेल


हेटौँडा : उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले हरेक कामका लागि सङ्घीय सरकारको मुख ताक्नुपर्ने अवस्था अन्त्य भएको बताएका छन ।

आज मकवानपुरको मनहरीलाई ‘बालमैत्री गाउँपालिका’ घोषणा गर्दै उनले भने, “हिजो केन्द्रमा एउटा सरकार हुन्थ्यो, सबै कामका लागि त्यही सरकारको मुख ताक्नुपथ्र्यो, अब त्यस्तो छैन, मुलुकमा तीन तहका सरकार छन्, ती सरकारले संविधानले उपलब्ध गराएको अधिकारका आधारमा सेवा प्रवाह गर्न सक्छन् ।”

उपप्रधानमन्त्री पोखरेलले मनहरी गाउँपालिकाको यो ऐतिहासिक कदमबाट देशका अन्य स्थानीय तहले पनि पाठ सिक्नु आवश्यक रहेको उल्लेख गर्दै बालमैत्री स्थानीय तह घोषणा हुनु भनेको स्थानीय शासनको प्रवद्र्धन गर्नु, बालबालिकाका लागि आवश्यक सेवाको सुनिश्चतता गर्नु र सेवाको गुणस्तर वृद्धि गर्नु हो भने ।

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले समाजलाई सुधार गर्न हरेक नागरिकको दायित्व रहेको बताए । यो प्रदेशलाई विसं २०७८ भित्र बालविवाह मुक्त प्रदेश र विसं २०८० भित्र बालमैत्री प्रदेश बनाउने प्रदेश सरकारको लक्ष्य रहेको जानकारी उनले दिए ।

मुख्यमन्त्री पौडेलले सडक, पुल जस्ता भौतिक विकासलाई मात्र विकास भनिने पुरानो सोचमा परिवर्तन ल्याउनुपर्ने भन्दै समाजका बालबालिका र ज्येष्ठ नागरिकका लागि पनि रचनात्मक कार्यक्रम ल्याउनुपर्ने बताए ।

गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले बालमैत्री गाउँपालिका घोषणाका लागि आवश्यक पर्ने ३९ वटा सूचक पूरा गरी जिल्ला समन्वय समितिबाट अनुगमन गराएर प्रमाणित गराएर घोषणा गरिएको बताए । रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौँ : भारतीय विदेश मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गर्दै गौतम बुद्ध नेपालमा जन्मिएकोमा कुनै

काठमाडौं : काठमाडौं उपत्यकामा आइतबार ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा

काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको

जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिकामा एक हप्ताका लागि लगाइएको निषेधाज्ञाको समयअवधि समाप्त भएपछि पुनः एक हप्ताका

पर्सा : पर्सामा ९ प्रहरीसहित ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको

पर्सा– उपचार नपाएर ज्यान गुमाएकी वीरगन्ज २ छपकैयाकी २० बर्षिय विष्णु लामाका आफन्तले नारायणी अस्पतालमा

काठमाडौं– भारतले नेपाललाई भेन्टिलेटर सहयोग गरेको छ । आइतबार जंगी अड्डामा आयोजित एक कार्यक्रमका बीच

काठमाडौं– विश्व आदिवासी दिवसका दिन प्रधानमन्त्री केपी शर्मा ओलीले सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना

आन्ध्र प्रदेश– कोरोना संक्रमित विरामीहरू राखिएको आन्ध्र प्रदेशको विजयवाडामा स्वर्ण प्यालेस होटलमा आगो लाग्दा ७

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बुद्धको जन्मस्थानबारे भारतीय विदेशमन्त्रीले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ।

काठमाडौं : वीरगञ्जमा ७ अस्पताल चार्हादाचार्हादै मृत्यु भएकी २० वर्षीया युवतीमा कोरोना संक्रमण पुष्टि भएको

काठमाडौं : काठमाडौं उपत्यकाका तीनवटा जिल्ला प्रशासन कार्यालयले आज (आइतबार) देखि अत्यावश्यकबाहेकका सेवा बन्द गरेका