दिलिपलाई सहिद घोषणा गर्न सरकारले पहल गर्ने : नेता महासेठ



जनकपुरधाम : प्रतिनिधीसभा सदस्य एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता रघुवीर महासेठले दिलिपलाई सहिद घोषणा गर्न संघिय सरकारले पहल गरिरहेको बताएका छन् ।

मृतक दिलिपप्रति श्रद्धाञ्जली अर्पण गर्न र पिडित परिवारको अवस्था बुझ्न सोमबार पिडितको घर पुगेका नेता महासेठले प्रधानमन्त्री केपी शर्मा ओलीले समेत स्व.दिलिपप्रति श्रद्धाञ्जली सन्देश पठाएको जानकारी गराउँदै संघिय सरकारले घटनालाई गम्भिरतापुर्वक लिएको र दिलिपले आफ्नो ज्यानको आहुती समाजको हितका लागि दिएकाले उनलाई शहिद घोषणा गरिने र उनको परिवारले न्याय पाउनेमा विश्वस्त रहन आग्रह गरेका छन् ।

यता गृहमन्त्रालयको निर्देशन अनुसार धनुषाका प्रमुख जिल्ला अधिकारी र जिल्ला समन्वय समितिले समेत स्व.दिलिपलाई शहिद घोषणाको गराउने प्रक्रिया सुरु गरिसकेको छ ।

अवैध उत्खननको विरोध गर्दै आएका दिलिपको शुक्रबार बिहान हत्या भएको थियो । हत्यामा संलग्न भएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरि सार्वजानिक समेत गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्