ट्याक्टरको टेलरमा ठोकिदा एक युवकको मृत्यु



वीरगन्ज : वीरगन्ज कलैया सडक खण्डअन्तरर्गत बाराको मोतिसर चौकमा आज (बिहीबार) विहान ट्याक्टरको टेलरमा ठोकिँदा एक युवकको ज्यान गएको छ । पल्टिएको ट्याक्टरको टेलरमा मोटरसाइक ठोकिदा वीरगन्ज २४ रामगढवाका ३५ वर्षीया धुरेन्द्र गिरीको ज्यान गएको हो ।

ना १५ प ५७४३ नम्बरको मोटरसाइकलमा सवार गिरी विहान करिब साढे पाँच बजेको समयमा वीरगन्जतर्फ आइरहेको बेला मोतिसर चौक नजिकै मेनरोडमा पल्टिएको उखु लोड गरिएको ट्याक्टरको टेलर ठोकिएको थियो ।

गिरीको घटनास्थलमै मृत्यु भएको बारा प्रहरीले जनाएको छ । उनको शव परीक्षणको लागि कलैया अस्पतालमा लागिएको प्रहरीले जनाएको छ ।

बीच बाटोमा ट्याक्टर पल्टिदा टेलरलाई व्यवस्थित तरिकाले नराखेका कारण दुर्घटना भएको स्थानीयवासीको भनाइ छ ।

टेलरलाई प्रहरीले नियन्त्रणमा लिएको र घटनाबारे थप अनुसन्धान भइरहेको बाराका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता गौत्तम मिश्रले जानकारी दिए ।

उनले टेलरमा नम्बर नभएका कारण त्यसको धनीको पहिचान हुन नसकेको बताए ।

प्रतिक्रिया दिनुहोस्