बाँकेमा ट्रकसँग माइक्राे जुध्दा भएकाे दुर्घटनामा ४ जनाकाे घटनास्थलमै ज्यान गयाे



नेपालगन्ज : बाँकेमा माइक्रो बस र ट्रक जुध्दा दुर्घटनामा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ।

 

दाङको तुलसीपुरबाट नेपालगन्जका लागि छुटेको रा १ ख १६६२ नम्बरको बस र नेपालगन्जबाट दाङ गइरहेको लु १ ख ७७२९ नम्बरको ट्रक एकापसमा जुध्दा दुर्घटनामा भएको हो। कोहलपुर-लमही सडक खण्डको राप्ती सोनारी गाउँपालिका ९ मा भएको सो दुर्घटनामा घटनामा ११ जना घाइते भएका छन्। तीमध्ये ३ जना गम्भीर छन्।

 

उनीहरुको नेपालगन्ज मेडिकल कलेजमा उपचार भइरहेको ट्राफिक प्रहरीका सइ तेजबहादुर रानाले बताए। मृतकको सनाखत हुन बाँकी छ।

प्रतिक्रिया दिनुहोस्