आस्था राउतलाई सुझाव दिँदै दिपकराज गिरीले लेखे यस्तो स्टाट्स



काठमाडौं : हाँस्य कलाकार तथा निर्माता दिपकराज गिरीले गायिका आस्था राउतलाई प्रहरीसँग माफी माग्न सुझाव दिएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लख्दै सत्य जे होस् त्यो प्रहरी जवान बहिनीसँग म माफी माग्छु तिमी पनि माग भन्दै लेखेका छन् ।

साथै गिरीले आफूले बिगतमा यस्ता धेरै घटनाहरूबाट गुज्रेको र पाठ सिकेको पनि बताएका छन् ।

गायिका राउतले बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भ्रदपुर जाने क्रममा महिला प्रहरीले चेकिङको नाममा दुव्र्यवहार गरेको भन्दै सामाजिक सञ्जाल फेसबुकमा लफाईमार्फत भडास निकालेकी थिइन् । अहिले उनको चौतर्फि आलोचना भरहेका छ ।

उनले प्रहरीले बोल्ने भाषा अशभ्य भएको आरोप लगाउँदै प्रहरीलाई ‘डन्ठे’, ‘बन्दुके’, ‘पुलिस को कि फुलिस’ जस्ता अपशब्द प्रयोग गरी ‘प्रहरी हाम्रो साथी’ भन्ने स्लोगन नै हटाउनुपर्ने बताएकी थिइन् ।

आलोचना भएपछि उनले माफी पनि मागेकी थिइन् तर प्रहरीले उनीविरुद्ध मुद्दा चलाउने तयारी गरिरहेको छ ।

यस्तो छ दिपक राज गिरीको स्टाट्सः
प्रिय आस्था बहिनी…
यो बिषयमा लेख्न मन थिएन तर तिम्ले निरन्तर गालि खाएको देखेर किन किन लेख्न मन लाग्यो

म पनि बिगतमा यस्ता धेरै घटनाहरू बाट गुज्रेको छू यस्तै प्रकारका घटनाहरू बाट पाठ पनि सिकेको छू

..समस्या काँहाबाट आयो भने … तिम्ले भिडको सामना गर्दै प्रहरी लाइ चेक गराउदै अधि बढ्नु प-यो .. भिड र संबेदनशील क्षेत्र मा काम गर्ने प्रहरी जवानहरू लाइ छुट्टै प्रेसर हुन्छ .. उनीहरू लाइ छुट्टै दवाव हुन्छ .. उनीहरू १० घन्टे लामो ड्यूटीमा हुन्छन्, सानो गल्ति भए जागिरै संकटमा पर्छ … त्यस्तो बेला उनिहरू वाट अलि रूखो ब्यबहार निस्किन्छ पनि त्याँहा पनि निस्कियो होला

तर हामी कलाकार वा सेलेब्रिटीज को गल्ति नै नभए पनि समाचार बाहिर आएपछि गल्ति हाम्रै देखिने रहेछ… सेलेब्रिटीज भनेको सेतो कपडा रहेछ .. अरू रंगमा दाग नदेखिए पनि सेतो मा सानो दाग पनि देखिहालिन्छ .. अत सहनु पर्ने हामिले नै रहेछ …. बिदेशमा प्रायः यस्तो घटना हूदैन किनकि त्याँहा नेता मात्रै भिआइपी हूदैनन् धेरै कर तिर्ने व्यापारिहरू , नाम चलेका खेलाड़ी, कलाकारहरू लाइ पनि खष्उ मानिन्छ र सुबिधाजनक ढंगले चेक जाँच हुन्छ र भिडको सामना गर्नु पर्दैन र यस्तो दुर्घटनाको सम्भावना कम हुन्छ तर यो देशमा नेता मात्रै भिआइपी हो .. यो संबेदनशीलता लाइ हामीले बुझ्नु पर्छ किनकि हामी भिड बाट नै गुज्रिनु पर्छ त्यस्तो अबस्थामा हामि सतर्क हुनै पर्छ

मापसे कान्ढमा म पनि परे गल्ति मेरै थियो तर जब म प्रहरी को पन्जामा परे म माथि भएको दूर्ब्यबहार डर लाग्दो नै थियो तर मेरो कुरा लाइ कसैले गम्भीरतापूर्वक नै लिएनन् … यसबारे हामिले नै होसियार हुनु पर्ने रहेछ …हामि लाइ अन्याय नै भयो भने पनि

‘कलाकार हो फूर्ती देखायो होला फस्यो नि’ भनिदो रहेछ त्यसैले सकेसम्म यस्तो झमेलामा नपर्नु र परिहाले पनि माफी पा‘उ भनेर छट्किनु नै सबैभन्दा उत्तम रहेछ …तिम्लाइ पनि त्यस्तै केहि रूखो ब्यबहार प्रयोग भयो होला … तर गल्ति तिम्रो फेसबुक लाइभ ले गर्यो त्यस्मा प्रयोग भएका शब्दले समस्या उत्पन्न गरायो

तिमिलाइ केहि नभइ त्यस्तो भनिनौ होला … तर बाहिर बाट हेर्दा तिमि नै अमर्या्दित देखियो अतस् यो घटना लाइ तिमिले हामिले सबैले एउटा पाठको रूपमा लिनु पर्छ … जे हुन्छ राम्रैको लागि हुन्छ

आज कतिपय स्ट्याटसहरू ‘कलाकार यस्तै घमण्डी हुन्छन्’ भनेर आउछ दुख लाग्छ … त्यसैले सत्य जे होस् त्यो प्रहरी जवान बहिनी संग म माफी माग्छू तिमि पनि माग …. सेलिब्रिटी कल्चर हाम्रो देशमा छैन , हामि सामान्य नागरिक नै हौ यो बास्तबिकता लाइ बुझौ ……!!!

प्रतिक्रिया दिनुहोस्