हवाइ इन्धनको मूल्य प्रतिलिटर १० रुपैयाँले घट्याे



काठमाडौं : नेपाल आयल निगमले हवाइ इन्धनको मूल्य प्रतिलिटर १० रुपैयाँले घटाएको छ। निगमले बिहीबार राति १२ बजेदेखि लागू हुनेगरी हवाइ इन्धनको मूल्यमा घटाएको हो। 

 

हाल कायम रहेको प्रतिलिटर एक सय ४ रुपैयाँ ५० पैसालाई घटाएर अब ९४ रुपैयाँ ५० पैसामा समायोजन गरिएको निगमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्