चोरीका मोटरसाइकल बरामद


नवलपुर : दुर्घटना न्यूनीकरण अभियानस्वरूप जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले शुरु गरेको सवारीसाधन जाँचका क्रममा चार वटा चोरीका मोटरसाइकल बरामद भएका छन् ।

जिल्लाको भित्री सडकखण्डमा प्रहरीले जाँचलाई तीव्रता दिएसँगै एकै दिनमा चार वटा मोटरसाइकल बरामद भएका हुन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रहरी निरीक्षक मुनेन्द्र थापाकाअनुसार जिल्लाको भित्री सडकमा चोरीका मोटरसाइकल बढी गुड्न थालेका छन् ।

“भारतीय सीमावर्ती बजार नजिकै भएकाले यहाँ चोरीका मोटरसाइकल बढी गुड्ने गरेका छन्”, थापाले भने, “दुर्घटनामा चोरीका मोटरसाइकल प्रयोग भएको अनुसन्धानमा पाइएपछि त्यस्ता सवारीसाधन नियन्त्रणको रणनीति लिएका हौँ ।”

गण्डकी प्रदेशमै सबैभन्दा बढी दुर्घटना हुने जिल्ला नवलपुरमा दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले शुरु गरेको अभियानका क्रममा चार वटा चोरीको मोटरसाइकल बरामद गरिएको थापाले बताए।

“हामीले जिल्लाको भित्री सडकमा सवारीसाधन जाँचलाई कडाइ गर्न थालेका छौँ”, थापाले भने, “हाम्रो जाँचका क्रममा एकै दिन चार वटा चोरीको मोटरसाइकल नियन्त्रणमा लिन सफल भयौँ ।” ट्राफिक प्रहरीले सवारीसाधन जाँच गरेको थाहा पाएपछि चालकले मोटरसाइकल छोडेर भाग्ने गरेको थापाले बताए।

नवलपुर ट्राफिक प्रहरीले बा ९८ प ८५४३ नम्बरको एनएस २०० पल्सर, अन टेस्ट लेखिएको केटिएम डुक, से ७ प ८२५७ नम्बरको २०० सिसीको कालो पल्सर र लु४२प ९७७० नम्बरको एनएस २०० पल्सर एकै दिनमा बरामद गर्न सफल भएको थापाले बताए।

त्यस्तै, सवारीसाधन जाँचका क्रममा मादकपदार्थ सेवन गरी सवारीसाधन चलाउने, सवारी चालक अनुमतिपत्र विना र हेल्मेट नलगाई मोटरसाइकल चाउने व्यक्तिहरु धेरै भेटिएको थापाले बताए।

हेल्मेट र सवारीसाधन अनुमतिपत्र नभएका व्यक्तिको मोटरसाइकल नियन्त्रणमा लिएर जरिवाना गरेपछि उनीहरुको अभिभावकलाई सवारीसाधन बुझाउने गरेको थापाले जानकारी दिए। करिब ७० किलोमिटर राजमार्ग भएको नवलपुरमा गण्डकी प्रदेशकै सबैभन्दा बढी दुर्घटना हुने गरेको छ । – रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमका नाममा व्यापक अनियमितता, भ्रष्टाचार र किर्ते गर्ने काम भएको

काठमाडौं– सांसदहरुले कोरोना भाइरसको विषयमा तथ्यगत जानकारी भन्दा भ्रमहरु बढी फैलिएकाले जनतामा आतंक सिर्जना भएको

काठमाडौं : सार्वजनिक पदमा बहाल रहेका व्यक्तिले सम्पत्ति विवरण सार्वजनिक नगर्ने क्रम बढेपछि अख्तियारले कडा

धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पीसीआर परीक्षण बन्द भएको छ । संघीय सरकार

काठमाडौं– नेपाल–चीन सीमा प्रश्नमा सरकारले हतारो टिप्पणी गरेको नेपाली कांग्रेसले जनाएको छ। स्थलगत अध्ययनको धारणा

स्याङ्जा : स्याङ्जाको दुई ठाउँमा गएको पहिरोमा परी ज्यान गुमाउनेको संख्या १० पुगेको छ ।

काठमाडौं : नेपाल–चीनबीचको सिमानामा राखेको ११ नम्बरको सीमास्तरम्भ ५८ वर्षपछि फेला परेको छ । ५८

वीरगञ्ज : डा. गोविन्द केसीमाथि अभद्र व्यवहार गरेको भन्दै वीरगञ्जका चिकित्सकहरुले विरोध गरेका छन् ।

सप्तरी : कोरोना संक्रमणबाट सप्तरीमा एक जना सरकारी कर्मचारीको मृत्यु भएको छ । जिल्ला प्रशासन

स्याङ्जा : लगातारको वर्षासँगै गएको पहिरोमा परि स्याङ्जामा २ जनाको मृत्यु भएको छ भने ८

चितवन : लगातारको वर्षाको कारण नारायणी नदीमा बाढी आएको छ भने चितवनको जनजीवन प्रभावित भएको

बुटवल : कोरोना संक्रमणबाट बुटवलमा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक जना