प्रहरीको गाडीमा प्रहरीले नै ‘ह्विल लक’ लगाएपछि…



काठमाडौं : ट्राफिक नियम पालना नगर्ने प्रहरीकै गाडीलाई ट्राफिक प्रहरीले ‘ह्विल लक’ लगाईदिएको छ । अनामनगरमा सडक अवरुद्ध हुने गरि पार्किङ गरिएको प्रहरीको साईरन जडित गाडीमा ट्राफिकले ह्विल लक गर्दै कारवाही गरेको हो ।

महानगरीय ट्राफिक प्रहरी रामसाहपथको टोलीले अनामनगरको सडकमा रोकिराखेको प्रहरीको ना १ झ १४२५ नम्बरको गाडीमा ह्विल लक लगाई कारबाही गरेको महमशाखाले जनाएको छ ।

महाशाखा प्रमुख भीम ढकालले नियम मिच्ने कसैलाई पनि नछोड्ने बताउँदै उक्त गाडीलाई पनि नियमअनुसार चिट काटेर कारबाही गरिएको बताएका छन् ।

पछिल्लो समय ट्राफिक प्रहरीले नियमविपरित सडकमा पार्किङ गर्ने सवारीसाधनमा ह्विल लक लगाइदिने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्