गरिबीको कारण आफ्नै छोराछोरीको व्यापार, किन्नेवालाले गर्छन् बलात्कार



एजेन्सी : अफ्रिकी मुलुक गाम्बियामा गरिबीका कारण मानिसहरुले आफ्नै छोराछोरीको व्यापार गर्ने गरेको खुलासा भएको छ । यतिसम्म कि उनीहरुले आफ्ना छोराछोरीलाई २०० रुपियाँमा बेचिरहेको र किन्नेहरुले ती बालबालिकालाई बलात्कार गर्ने गरेको खुलेको छ ।

द सनको वेभसाइटमा छापिएको समाचारको अनुसार थुप्रै बच्चाहरु बेच्न र किन्न राखिएको पाइएको छ । ती बालबालिकालाई किन्नको लागि विभिन्न देशहरुबाट आउने धनि व्यक्तिहरु आउने गरेको पाइन्छ । धनि व्यक्तिहरुले गरिब देशको कमजोर कानुनी व्यवस्थाको फाइदा उठाइरहेका छन् । जो विदेशीहरु बिदा मनाउन त्यहाँ जान्छन् तिनीहरुले नै यस्तो व्यापार चलाइरहेका छन् ।

उक्त वेभसाइटमा छापिएका तस्बिरहरुमा गोरा विदेशीसँग अफ्रिकी मुलका बालबालिकाको तस्बिर देख्न सकिन्छ । उनीहरु ती बालबालिकालाई खुवाउने, घुमाउने र तिनीहरुसँग शारीरिक सम्बन्ध राख्ने गर्छन् ।

वेभसाइटका अनुसार पुरुषहरु मात्रै होइन महिलाहरु पनि बच्चाहरु किन्ने गर्छन् । गरिबीका कारण आमाबाबु ति बच्चाहरु विदेशीहरुलाई सुम्पिन्छन् ।

त्यहाँका मानिसहरु बच्चा विदेशीलाई दिएर उनीहरुको उज्वल भविष्यको कामना गर्छन् तर वास्तवमा ती बालबालिका अर्कै कामका लागि प्रयोग हुने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्