श्रीलङ्काली राष्ट्रपति गोटाबय राजपक्ष : ‘युद्धमा बेपत्ता २० हजार व्यक्ति मृत’


श्रीलङ्का : श्रीलङ्काली राष्ट्रपति गोटाबय राजपक्षले गृहयुद्धका बेला बेपत्ता भएका २० हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको पहिलो पटक स्वीकार गरेका छन्।

कोलम्बोमा संयुक्त राष्ट्रसङ्घका आवासीय प्रतिनिधिसँगको भेटमा राजपक्षले त्यस्तो बताएका हुन्।

उनको कार्यालयले जारी गरेको वक्तव्यमा आवश्यक ‌औपचारिकता पूरा गरेपछि ती व्यक्तिहरूको मृत्यु प्रमाणपत्र बन्ने जनाइएको छ।

श्रीलङ्काको उत्तर र पूर्वी भागमा सयौँ परिवारले बेपत्ताहरूको अवस्था सार्वजनिक हुनुपर्ने माग गर्दै प्रदर्शन गरिरहेका छन्।

धेरैले सन् २००९ मा गृहयुद्ध अन्त्य हुने बेला सेनासामु आत्मसमर्पण गरेका बेपत्ता व्यक्तिहरू सुरक्षा फौजको नियन्त्रणमा हुनसक्ने आशा लिएका छन्, जसलाई सरकारले अस्वीकार गर्दै आएको छ।

के भएको थियो?

श्रीलङ्काको सेनाले विद्रोही तमिल टाइगर्सलाई सन् २००९ को मे महिनामा हराएपछि त्यहाँको २६ वर्ष लामो द्वन्द्व समाप्त भएको थियो।

युद्धले श्रीलङ्कालाई जातीय रूपमा दुई भागमा विभाजित गरेको थियो। बौद्ध सिंहाला बाहुल्यता रहेको श्रीलङ्कामा तमिलहरूले छुट्टै राज्यको माग गर्दै आएका थिए।

द्वन्द्वमा अनुमानित एक लाख मारिएका थिए भने २० हजार बेपत्ता छन्। बेपत्ता रहेकाहरूमा धेरै तमिल छन्।

राष्ट्रपति राजपक्ष सन् २००९ ताका रक्षामन्त्री थिए र विद्रोहीहरू दबाउन उनले नेतृत्वकारी भूमिका निर्वाह गरेका थिए।

महिन्दा राजापक्षे सन् २००५ देखि २०१५ सम्म श्रीलङ्काका राष्ट्रपति रहेका बेला गोताबय उनका रक्षामन्त्री थिए।

उनलाई सिंहाला समुदायले नायक मानेपनि तमिल समुदायले अविश्वास गर्छन्। द्वन्द्वको समयमा दुवै पक्षले अत्याचार गरेको संयुक्त राष्ट्रसङ्घको भनाइ छ।

तमिल विद्रोहीहरूलाई आत्मसमर्पणपछि र हिरासतमा हत्या गरेको थुप्रै विवरणहरू सार्वजनिक भएका छन् तर सरकारले त्यसलाई अस्वीकार गर्दै आएको छ।

सरकारले के भन्यो?

राष्ट्रपति राजपक्षले संयुक्त राष्ट्रसङ्घका आवासीय प्रतिनिधि हाना सिङ्गरसँगको भेटपछि जारी गरेको वक्तव्यमा धेरैजस्तो बेपत्ताहरू तमिल टाइगर्सले भर्ती गरेको बताइएको छ।

“राष्ट्रपति राजपक्षले बेपत्ता नागरिकहरूको विषयलाई सम्बोधन गर्ने आफ्नो योजना बताए। उनले ती बेपत्ताहरूको वास्तावमा मृत्यु भइसेको बताए,” वक्तव्यमा लेखिएको छ।

“बेपत्ताका परिवारहरूले यो पुष्टि गर्छन्। तर उनीहरूलाई बेपत्ताहरूलाई के भयो भन्ने थाहा नभएकोले बेपत्ता दाबी गरिरहेका छन्।”

श्रीलङ्काको कानुन अनुसार मृत्युको प्रमाणपत्र नभएसम्म परिवारले चल-अचल सम्पत्तिमा दाबी गर्न पाउँदैनन्।

संयुक्त राष्ट्रसङ्घ र अन्य मानव अधिकार संस्थाहरूले श्रीलङ्कालाई युद्ध अपराध ट्रिब्युनल स्थापना गरेर मानव अधिकार हननका घटनाहरू छानबिन गर्न दबाब दिइरहेका छन्।

तर श्रीलङ्काको सरकारले आफ्नो आन्तरिक मामिला भन्दै त्यस्तो गर्न अस्वीकार गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं– घरेलु श्रमिकका रुपमा खाडी मुलुकमा जाने कामदारहरुको अवस्था पारदर्शी बनाउँदै पासपोर्ट आफ्नो साथमा राख्ने

काठमाडौं : सरकारले पीसीआर परीक्षण गराउँदै आएका प्रयोगशालालाई कोरोना रिपोर्ट आफैं दिन निर्देशन दिएको छ

काठमाडौं : १४ दिनदेखि अनसनरत डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै ३३ अधिकारकर्मीले सरकारसँग

काठमाडौं : कोरोना महामारीको बहानामा सरकारले रोजगारी खोसेको भन्दै पर्यटन मजदुरहरु प्रदर्शनमा उत्रिएका छन् ।

ललितपुर : ललितपुरको पाटन अस्पतालमा उपचारका क्रममा भक्तपुरकी कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

सिन्धुली : सिन्धुलीमा एकै परिवारका ६ जनासहित ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौं : एसिड आक्रमणका तीन जना युवती र एक पुरुषले रोजगारी पाएका छन् । एसिड

नेपालगञ्ज : कोरोना संक्रमणबाट नेपालगञ्जमा थप एक जनाको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–९ का

बझाङ : बझाङको मस्टा–२ खिकाला गाउँकी १२ वर्षीया सम्झना कामीको बलात्कारपछि हत्या भएको पुष्टि भएको

विराटनगर : विराटनगरको कोशी अस्पतालमा झापाका कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । विराटनगरको कोशी

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदरावादलाई सात विकेटले पराजित

काठमाडौं : बझाङकी १२ वर्षीया सम्झना कामीको बलात्कारपछि हत्या गरेको विरोधमा संघीय राजधानी काठमाडौमा प्रदर्शन