हत्या गरी फरार प्रतिवादी गोंगबुबाट पक्राउ



काठमाडौं : कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । धादिङ बेनीघाट रोराङ गाउँपालिका–७ घर भई काठमाडौं महानगरपालिका–३ बसुन्धरा बस्दै आएका कमल झ्याप्ले भनिने कमल न्यौपाने पक्राउ परेका हुन् ।

सोमबार २५ वर्षीय कमल विकलाई गोंगबु णेशस्थानबाट पक्राउ गरिएको हो ।

महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उच्च अदालत पाटनको २०७२ असार २२ गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा १० बर्ष कैद सजाय भई फरार रहेका उनलाई पक्राउ गरेको हो ।

कमलले २०७१ पुस ३० गते काठमाडौं टोखा नगरपालिका–१३ दिपज्योतीस्थित धादिङ तिप्लाङ–९ घर भएका काठमाडौं गोलढुंगा बस्ने २५ वर्षीय युरूङ तामाङको हत्या गरी फरार भएका थिए ।

कमललाई आवश्यक कारवाहीका लागि मंगलबार जिल्ला अदालत काठमाडौं बबरमहल पठाइएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्