एउटा जर्नेलले अश्लिल बोल्दा अर्का जर्नेलमाथि यस्तो लाग्यो वात्



काठमाडौं : नेपाली सेनाभित्र अनुशासनलाई महत्वपूर्ण कडीको रुपमा लिईन्छ । चेन अफ कमाण्डका आधारमा चल्ने सेनाभित्र कहिलेकाही त्यसलाई तोड्दा ‘कोर्ट अफ इन्क्वायरी’मा सेनाका अधिकारीहरु पर्ने गरेका छन् ।

यस्तै कोर्ट आफ ईन्क्वाईरीमा परेका छ्न्– सेनाका दुई अधिकारीहरु । दुई साताअघि दुईजना ब्रिगेडियर जर्नेलबीच अश्लिल शब्दसहित झगडा चलेको विषयले अहिले छाउनी स्थित सैनिक अस्पतालका साथै सैनिक मुख्यालयमा समेत चर्चाको विषय बनेको छ । अस्पतालमा कार्यरत डा.देवेन्द्र खत्री र डा.अरुण न्यौपानेबीच तँ तँ र र म म सम्मको झगडा पर्यो ।

सेनामा कार्यरत रहे पनि पेशाले डाक्टरजस्ता मान्छे मुखै छाडेर झगडामा उत्रिएपछि नेपाली सेनाको मख्यालयले अस्पतालको कमाण्ड सम्हालेका न्यौपानेलाई अस्पतालबाट सरुवा गरेको छ । छाउनी अस्पतालको कमाण्ड बालाजुस्थित नं. १ बाहिनीपतिले हेर्ने गरेको भएपनि अस्पतालमा रहेको प्राविधिक (चिकित्सा) सेवाका जर्नेलमध्येबाट एकजनालाई कमाण्डेण्ट बनाउने प्रचलन रहेको छ ।

त्यही कार्यरत एक जना जर्नेल भ्रष्टाचार काण्डमा मुछिएर जागिरबाटै हात धोएका छन् । यसरी जागिरबाटै निकालामा परेका जर्नेल हुन्– प्रयोगजंग राणा । उनले शान्ति सेना तालिमकेन्द्र पाँचखालमा हुँदा एक–डेढ करोडभन्दा बढी कमाएको आरोप लाग्ने गरेको छ ।

उता सेनाको जर्नेलमाथि नै चियोचर्चा गर्ने गरेको भन्दै नेपाली सेनाका जर्नेलहरुले आपत्ति जनाएका छन् । नेपाली सेनाको एकतारे देखि तीन तारे जर्नेलसम्मलाई सेनाको जासुसी गर्न जासुसी गर्ने विभाग डिएमआईका टोलीलाई खटाउने गरेको भन्दै असन्तुष्टि जनाईरहेका छन् ।

उनीहरुले यो कुरालाई सैनिक मुख्यालयमा मात्र नभई विभागीय मन्त्रालय र मन्त्रीलाई समेत जानकारी गराईसकेका छन् । ती जर्नेलहरुले ड्युटी टाईम बाहेक आफ्नो व्यक्तिगत जीवन समेत हुने भन्दै निगरानी गर्नु आपत्तिजनक रहेको बताएका हुन् ।

डिएमआईले खटाएका टोलीले आफ्नै सैनिक अधिकारीहरुको निगरानी गरिरहेका छन् । यो कुराले नेपाली सेनाको गुल्म र गणमा समेत व्यापक चर्चा हुने गरेको छ । सेनाका अधिकृतमाथि निगरानी बढाएको कुराले तताईरहेको सैनिक मुख्यालयमा अर्को काण्ड पनि आएको छ ।

सर्टिफिकेट काण्ड लागेर छानविनमा तानेजस्तो गरेर उम्काईने गरेको प्रसंगले सैनिक मुख्यालयमा हलचल पैदा गराएको छ । छानबिन गरिरहेको जस्तो गरिए पनि अन्तिममा राजीनामा लिएर फासफुस पार्ने प्रचलनका कारण त्यहाँ सर्टिफिकेट काण्ड लागेपनि कारबाही भएको रेकर्ड भेटिदैन ।

यस्तै सैनिक मुख्यालयभित्र सिपाहीलाई सुविधा नदिने कुराले अर्को असन्तुष्टि जन्माएको छ । गणपतिले चाहेर पनि बढुवा वा मिसनमा पठाउन सक्ने अवस्था नरहेको भन्दै अर्को चर्चा चल्ने गरेको छ । यसले अफिसरहरुकै मनोवल गिरेको विश्लेषण गर्न थालिएको छ । त्यस्तै शैक्षिक प्रमाणपत्र काण्ड लागेर घर जानेलाई रित्तो हात फर्काउने गरेकोमा सेनाका अधिकृतहरुले दुखेसो पोख्ने गरेका छन् । उनीहरुले शैक्षिक प्रमाणपत्र नक्कली नै भए पनि सेवामा रहँदा गरेको सेवाको कदर गर्दै गोल्डेन ह्याण्डसेक गरेर पठाउनुपर्नेमा बिचल्ली पार्ने काम भएको भन्दै सैनिक अधिकारीहरुले असन्तुष्टि जनाउने गरेका हुन ।


यस्तै सेनाभित्र आफ्नालाई काखा र अर्कोलाई पाखा बनाउने काम भएको पनि चर्चा चल्ने गरेको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले आफ्ना ज्वाई पश्चिम पृतना हेडक्वार्टर, सुर्खेतका जर्नेल सरोजप्रताप राणाको नागरिकता कीर्ते भएपनि रातारात मिलाएको कुराले जंगी अड्डामा चर्चा हुने गरेको छ । प्रधानसेनापति थापाकी पत्नी रायमाझी हुन । यस्तै सरोजको सासु पनि रायमाझी यसरी रायमाझीकै ज्वाई हुनाले उनी जोगिएको सेनाभित्र चर्चा हुने गरेको हो ।

यसै गरी शैक्षिक प्रमाणपत्र काण्ड लागेपनि जर्नेलहरु अशोक सिग्देल र ताराध्वज पाण्डेको हकमा त्यो लागू भएन । ््उनीहरुले त्रिविमा कर्मचारी ट्रेड युनियनका निकटस्थलाई मिलाएर बढुवा खाएको चर्चा मुख्यालयमा चल्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्