राजा महाराजा शैलीमा रमाउन चाहने यी मन्त्री



काठमाडौं : व्यापारी खान्दानबाट मन्त्री बनेका एक राज्य मन्त्री अगुवा पछुवा राखेर राजा महाराज शैलीमा शयर गर्न चाहेपछि यस विषयले चर्चा पाएको छ । नेकपाको कृपाबाट समानुपातिक सांसद बन्दै राज्यमन्त्री बन्ने सौभाग्य पाएका यी व्यक्तिले प्रधानमन्त्रीले जस्तै अगाडी र पछाडी साईरन बजाउँदै नेपाली सेना र प्रहरीका सुरक्षाकर्मीलाई राखेर हिड्ने ईच्छा प्रकट गरेका छन् ।

यसरी महात्वाकांक्षा देखाउने राज्य मन्त्री हुन्– उद्योग बाणिज्य तथा आपूर्तिराज्यमन्त्री मोती दुगड । उनी राज्यमन्त्री नियुक्त हुनासाथ मन्त्रालयका सचिवलाई हटाएर सचिवको कार्यकक्षमा अड्डा जमाएका थिए । अहिले उनको माग छ– सेनाको एउटा टोली चाहियो, त्यसले एस्कर्ट गरोस् । माग पूरा नहुने देखिए पनि उनी आफ्नो ईज्जतसँग जोड्दै त्यस्तो माग राखेका हुन् ।

बेलाबेलामा राजश्व छली र ट्रेडमार्क अपचलन जस्ता विवादमा मुछिदै आएका दुगडले गएको निर्वाचनअघि तत्कालिन नेकपा एमालेमा आफ्नो पार्टीलाई विलय गराएका थिए । आफ्नो पार्टीलाई विलय गराउँदा तत्कालिन एमालेको केन्दीय सदस्य पाउने आस गरेका डुगड केन्द्रीय सदस्य बन्न नसके पनि नेकपाका केन्द्रीय सदस्य रहेका सांसदहरुलाई उछिन्दै राज्यमन्त्री बन्न सफल भए ।

यी तिनै दुगड हुन जसले राजनीति गर्ने महत्वाकांक्षासहित पार्टी खोलेर अध्यक्ष भई पार्टी महासचिवदेखि केन्द्रीय सदस्य र विभिन्न जनवर्गीय संगठन र जिल्ला अध्यक्षहरु बनाउनका लागि सार्वजनिक रुपमा राष्ट्रिय पत्रिकामा विज्ञापन गरेका थिए । जसले त्यसबेला निकै चर्चा पाएको थियो ।

राज्यमन्त्री दुगड उद्योग व्यवसायी हुन । उनले आफ्नो उद्योगमा काम गर्ने कर्मचारीहरुले आफूलाई पाऊ मोलेर चाकडी गरोस भन्ने चाहन्छन् । यता मन्त्रालयमा मन्त्री भएर आएपछि पनि उनले कर्मचारीहरुबाट त्यस्तै अपेक्षा राखेका छन् । तर कर्मचारीहरुले त्यस्तो नगर्दा कर्मचारीहरुलाई गाली गर्दै बस्ने गरेका छन् ।

अरु केही निहु नपाएपछि उनले फेसबुक चलाएको निहुँमा समेत गाली गर्ने गरेका छन् । उनको यस्तो हर्कत देखेर कर्मचारीहरु समेत आजित बनेका छन् । उनले कर्मचारीहरुले आफ्नो चाकडी नगरेको भन्दै गुनासो समेत गर्न थालेका छन् ।

राज्यमन्त्री दुगडको सुरक्षार्थ बर्दी लगाएर प्रहरीका असई गाडीको अघिल्तिर बस्छन्, पछाडिचाहिँ एकजना पिएसओका रुपमा सादा पोशाकमा रहेको हुन्छ । उपप्रधानमन्त्रीलाई पनि सेनाको जमदारको कमाण्डमा सामान्य सुरक्षा मात्र दिईएको हुन्छ ।

उपप्रम सहित गृहमन्त्री छन् भने मात्र अगुवामा प्रहरी र पछुवामा सशस्त्रको एस्कर्ट हुन्छ । यस्तै उपप्रम रक्षामन्त्री छन् भनेमात्र सेनाले एस्कर्ट गर्ने चलन रहेको छ । अरु मन्त्रालय सम्हालेका उपप्रमको लागि सशस्त्रको एउटा टुकडी मात्र हुन्छ । दुगडलाई चाहिएको सुविधा प्रधामन्त्रीलाई मात्र हुन्छ ।

प्रतिक्रिया दिनुहोस्