वरिष्ठ गीतकार योगेन्द्रमणि दाहाल पक्राउ



काठमाडौँ : १२ करोड रुपैयाँभन्दा बढी जरिवाना र दुई वर्ष कैद सजाय फैसला भई फरार रहेका वरिष्ठ गीतकार योगेन्द्रमणि दाहाल पक्राउ परेका छन्। महानगरीय प्रहरी अपराध महाशाखाको विशेष टोलीले दाहाललाई पक्राउ गरेको हो।

 

भक्तपुरको कौशलटार स्थायी घर भएका ५२ वर्षीय दाहाल पछिल्लो समय बालुवाटार क्षेत्रमा बस्दै आएका थिए।

 

नेपाल बिटुविन तथा ब्यारेल उधोगका सन्चालक अशोककुमार श्रेष्ठले दाहालविरुद्ध  दर्ता गरेको ठगी मुद्धामा  २०७४ साल मंसिर १४ गते जिल्ला अदालतले १२ करोड ३५ लाख ९६ लाख पाँच सय चार रुपैयाँ जरिवाना र दुई वर्ष कैदको फैसला सुनाएको थियो।

 

दाहाल उक्त उधोगका लेखा अधिकृत थिए।  दाहाल नेपाल गीतकार संघका पूर्व अध्यक्ष पनि हुन् । २०७३ सालमा दायर मुद्धामा अदालतले दुई करोड ५० लाख धरौटी मागेर दाहाललाई छाडेको थियो।

 

त्यसपछि भारततर्फ लागेका दाहाल एक महिनाअघि मात्र नेपाल फर्किएको महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले जानकारी दिए।

 

प्रतिक्रिया दिनुहोस्