गोदावरीलाई राजधानी बनाउने निर्णयविरूद्ध उत्रिन कार्यकर्तालाई सभापति देउवाको निर्देशन            



काठमाडाैं : प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गोदाबरीमा सुदूरपश्चिम प्रदेशको राजधानी तोकिएकोमा आपत्ति जनाउँदै त्यसविरुद्ध उत्रन पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्।

 

जंगल फडानी गरेर ऐस–आराम गर्ने नियतका साथ कैलालीको गोदावरीमा सुदूरपश्चिम प्रदेशको राजधानी तोकिएको भन्दै सभापति देउवाले यस्तो निर्णयका बिरुद्ध उत्रन कार्यकर्तालाई निर्देशन दिएका हुन्।

 

नेपाल विद्यार्थी संघ डडेलधुरा–काठमाडौं सम्पर्क समितिले शनिबार काठमाडौंमा आयोजित दसैँको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै उनले भने,'गोदाबरी कुनै पनि वातावरणीय लगायतका कुनै पनि हिसाबले प्रदेशको राजधानीका लागि उपयुक्त ठाउँ होइन।’ सबै हिसावले सुदूरपश्चिम प्रदेशको राजधानी धनगढी नै उपयुक्त हुने देउवाको तर्क थियो।

 

उनले वर्तमान सरकारलाई‘नालायक’को संज्ञा दिए। सभापति देउवाले कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्यारालाई अझैं पक्राउ गर्न नसकेको भन्दै सरकारको चर्को आलोचना पनि गरे।

प्रतिक्रिया दिनुहोस्