गोर्खा ब्वाइजलाई हराउँदै संकटा क्वाटरफाइनलमा



कैलाली : संकटा क्लब तेस्रो अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । शुक्रबारको खेलमा गोर्खा ब्वाइज रुपन्देहीलाई २–० ले पराजित गर्दै संकटा अर्को चरणमा पुगेको हो ।

पहिलो हाफमा रवि सिलवालको गोलबाट अग्रता लिएको संकटाले दोस्रो हाफमा एलोन म्याक्सवेलको गोलले अग्रता दोब्बर बनायो । त्यसपछि दुवै टोलीले गोल गर्न सकेनन् र खेल संकटाले आफ्नो पक्षमा पारेको हो । 

शनिबारदेखि प्रतियोगिताको क्वाटर फाइनल खेलहरू सुरु हुनेछ । पहिलो क्वाटरफाइनलमा एपीएफ क्लब र मेची नेत्रालय काँकडभिट्टाबिच प्रतिस्पर्धा हुनेछ । 

मोफसलकै सर्वाधिक धनराशि पुरस्कार रहेको प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्