यी हुन् बलिउड कलाकार जसले नेपाली फिल्ममा काम गरे



काठमाडौं : धेरै नेपाली कलाकारका लागि बलिउड प्रवेश निक्कै ठूलो अभिलासा हुने गरेको छ । केही नेपाली कलाकारहरुले बलिउड फिल्म राम्रो अभिनय पनि गरेका छन् । तर, धेरैलाई थाहा नहुन पनि सक्छ बलिउडका चर्चित कलाकार पनि नेपाली चलचित्रमा अभिनय गरेका छन् ।

भनिन्छ कलाको कुनै सिमा हुँदैन । सायद त्यसैले पनि होला, बलिउडका केहि कलाकार हलिउड पुगेर धुम मच्चाइरहेका छन् । केहि कलिउडका कलाकार बलिउड पुगेर धुम मच्चाइ रहेका हुन्छन् । तर, तिनै बलिउडका कलाकार पनि नेपाली पर्दामा देखिएका छन् । आज हामी तिनै कलाकारको बारे कुराकानी गछौं ।

सन्नी लियोन :

बलिउडकी चर्चित हट अभिनेत्री सन्नी लियोनले नेपाली फिल्म ‘पासवर्ड’ को एक आइटम गीतमा डान्स गरिन् । सन्नीले आइटम डान्स पस्कँदा उनलाई बलिउडका भेट्रान कोरियोग्राफर विष्णु देभाले निर्देशन गरे । उनले उक्त गीतमा नाच्नको लागि २ करोड भारु लिएको समेत खबर आएको थियो ।

सुकविन्दर सिंह :

बलिउडका चर्चित गायक सुकविन्दर सिंहले पनि नेपाली पर्दामा अभिनय गरेका छन् । निर्देशक आकास अधिकारीको निर्माण तथा निर्देशनमा बनेको फिल्म ‘काठमाडौं’ मा सुकविन्दरले अभिनय गरेका हुन् । जब सुकविन्दरले यस फिल्ममा काम गरे तब उनको नेपाली सिनेवृतमा खुबै चर्चा भएको थियो । फिल्ममा उनले अभिनय मात्र होईन गीत पनि गाएका थिए ।

दिपराज राणा :

बलिउड, साउथ र केही सिरियलहरुमा समेत काम गरेका दिपराज बलिउडका नाम चलेका कलाकार हुन् । उनले श्रीकृष्ण श्रेष्ठको फिल्म ‘कोहिनुर’मा अभिनय गरेका थिए । त्यसपछि भने उनी नेपाली पर्दामा देखिएका छैनन् ।

राजपाल यादव :

बलिउड फिल्ममा कमेडी किंगको रुपमा हेरिने कलाकार राजपाल यादवलाई नचिन्ने सायद कमै नेपाली होलान् । कुनै समय बलिउड राजपाल नभएको फिल्म भेट्टाउँन निकै मुस्किल पर्थ्यो तर आजभोली भने उनको फिल्महरु अलिक कम आउँछ । राजपालले आकाश अधिकारीकै फिल्म ‘करोडपति’ मा अभिनय गरेका छन् ।

स्वेता तिवारी :

भारतीय टेलिभिजनको चर्चित अनुसार स्वेता तिवारी पनि नेपाली पर्दा आइसकेकी छन् । बलिउड फिल्ममा काम गरिसकेकी स्वेताले निखिल उप्रेतीको ‘त्रिनेत्र’ मा काम गरेकी हुन् । तर फिल्मको चर्चा अनुसार व्यसाय भने खासै हुन सकेन ।

प्रतिक्रिया दिनुहोस्