प्रदेश २ मा नेकपाकी उम्मेदवार तुलसा दाहाल विजयी



जनकपुर : प्रदेश २ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी (राजपा)बाट उम्मेदवार बनेका तुलसा दाहाल विजयी भएकी छन् ।

उनी आफ्नो प्रतिद्वन्द्वी नगिना यादवलाई ४ सय ६८ ले पछि पार्दै विजयी भएकी हुन् ।

नेकप –राजपाकी उम्मेदवार दाहालले ५२०८ मतभार ल्याएकी छन् भने उनकी प्रतिद्वन्द्वी यादवले ४७४० मतभार हात पारेकी छन् ।

नगिना यादव नेपाली कांग्रेस -समाजवादी पार्टीकी उम्मेदवार हुन् ।

राष्ट्रिय सभा सदस्य मध्ये १८ पदका लागि आज (बिहीबार) विहान १० बजेदेखि शुरु भएको मतदान अपराह्न ४ बजे सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्