एनप्याबसनको जिल्ला अधिवेशनको अवसरमा प्रभातफेरी



जनकपुरधाम : राष्ट्रिय निजी तथा आवासिय विद्यालय एशोसिएसन नेपाल (एनप्याबसन्र)ं को आठौँ जिल्ला अधिवेशनको अवसर पारेर आज (शुक्रबार) जनकपुरमा प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको छ ।

राष्ट्रिय निजी तथा आवासिय विद्यालय एशोसिएसन नेपालसँग आवद्ध जनकपुरका निजी विद्यालयहरुको सहभागितामा आयोजनामा प्रभातफेरी निकालिएको हो ।

जानकी मन्दिरको प्राङ्गणबाट सुरु भएको प्रभातफेरी कार्यक्रम जनकचोक,रामचोक,सोनारपट्टी हुँदै पुनः जानकी मन्दिरमा पुगेर कोणसभामा परिणत भएको थियो । राष्ट्रिय निजी तथा आवासिय विद्यालय एशोसिएसन नेपाल धनुषाका अध्यक्ष चन्द्र नारायण मण्डलको नेतृत्वमा निकालिएको प्रभातफेरीमा जनकपुरमा क्रियाशिल बिभिन्न सामाजिक संघसंस्था,विद्यालयका संस्थापक र प्रिन्सिपल,शिक्षक,विद्यार्थी,अभिभावक,नागरिक समाज एवं अभियानीहरुको सहभागिता रहेको थियो ।

एनप्याबसनको आठौं जिल्ला अधिवेशनको अवसरमा आज अन्तरक्रिया कार्यक्रम समेत आयोजना गरिने नगर समितिका उपाध्यक्ष दिपक ठाकुरले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्