काँग्रेसको विवाद मिलाउन देउवा निवासमा छलफल जारी


काठमाडौं : नेपाली काँग्रेसको १४ औँ महाधिवेशनको तयारी र आन्तरिक विषयमा पार्टीका शीर्ष नेताहरुले आपसी छलफललाई तीव्रता दिएका छन् । यसैबीच सभापति शेरबहादुर देउवा निवास बूढानीकण्ठमा आज बिहानदेखि छलफल शुरु भएको सभापति देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

शीर्ष नेताहरुबीचको आजको छलफलले गत पुस ११ गतेको पार्टी केन्द्रीय कार्यसमिति बैठकको निर्णयपछि उत्पन्न विवाद समाधान गरी टुङ्गो लगाउने बताइएको छ । बैठकमा पार्टीको आगामी महाधिवेशन तालिका, पार्टीका केन्द्रीय विभाग, भ्रातृ संस्थालगायत विषयमा छलफल जारी रहेको एक नेताले जानकारी दिए । विवाद समाधानका लागि यसअघि पार्टी उपसभापति विमलेन्द्र निधि, नेताद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलाले विभिन्न चरणमा बैठक बसी सहमतिको प्रयास गरेका थिए । साथै यसअघि बुधबार साँझ पार्टीका शीर्ष नेताबीच आज टुङ्गो लगाउने गरी सकारात्मक छलफल भएको थियो ।

आजको बैठकमा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का, उपसभापति निधि, महामन्त्री डा. शशाङ्क कोइराला, नेताहरु सिंह र सिटौलालगायत उपस्थित छन् । काँग्रेसमा गत पुस ११ गते केन्द्रीय समिति बैठकले बहुमतका आधारमा पार्टीको महाधिवेशन, केन्द्रीय विभाग, भ्रातृ संस्थासम्बन्धी निर्णय गरेपछि पार्टी सभापति देउवा र वरिष्ठ नेता पौडेल पक्षबीच विवाद देखिएको हो ।

काँग्रेस केन्द्रीय कार्यसमितिको सो बैठकले पार्टीको केन्द्रीय विभाग २८ बाट बढाएर ४७ बनाउने, नेपाल तरुण दल केन्द्रीय कार्यसमितिको पदावधि छ महिना थप गर्ने, काँग्रेसको सबै तहका पदाधिकारी तथा सदस्यको पदावधि एक वर्ष थप गर्ने, केन्द्रीय महाधिवेशन २०७७ साल फागुन ७ देखि १० गतेसम्म काठमाडौँमा गर्ने लगायतका निर्णय गरेको थियो । सो बैठकमा आफ्नो माग सुनुवाइ नहुने देखेपछि नेता पौडेल पक्षका पदाधिकारी तथा केन्द्रीय सदस्य भने अनुपस्थित थिए । -रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आउँदो असार १ गतेबाट पठन शुरु गर्न संघ,

काठमाडौं : नेपालका ७७ जिल्लामध्ये ५७ जिल्लामा कोरोना भाइरस फैलिएको छ । आजसम्म ५७ जिल्लामा

काठमाडौं : देशभर अहिलेसम्म १ लाख ८१ हजार ४ सय ८३ जनामा कोरोना भाइरसको नमुना

काठमाडौं : योगेन्द्र सिलवाल झापाको एम्बुलेन्स चालक हुन् । सरकारले कोरोनाभाइरस (कोभिड–१९) को विश्वव्यापी महामारीसँग

काठमाडौं– समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले सबैलाई आफ्ना नाम थर परिवर्तन गर्न

जनकपुरधाम– प्रदेश नम्बर २ मा थप ६० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । रौतहटमा

काठमाडौं : महानगरीय प्रहरी वृत्त कालिमाटीमा कार्यरत २ सय ३१ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको

काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगको टोली ६ जनाको ज्यान जानेगरी रुकुम पश्चिमको सोतीमा भएको

बझाङ : बाजुराको सदरमुकाम मार्तडीस्थित जिल्ला अस्पतालको आइसोलेसनमा राखिएकी बालिका २ वर्षीय बालिकाको मृत्यु भएको

पोखरा : गण्डकी प्रदेशमा आज तीन जनामा कोरोना संक्रमण देखिएको छ । गण्डकी प्रदेशका स्याङ्जा

काठमाडौं– सांसद सूर्य प्रसाद पाठकले सदनमा मृत्यु दण्डको माग उठाएका छन् । आइतबारको प्रतिनिधिसभा बैठकको

काठमाडौं : काठमाडौंको बूढानीलकण्ठ नगरपालिकाका दुई जना व्यक्ति कोरोना जितेर घर फर्किएका छन् । सर्लाही,