ज्यान मुद्दामा फरार १५ वर्षपछि पक्राउ



जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१६ कपिलेश्वरबाट झण्डै १५ वर्षपछि कर्तव्य ज्यान मुद्दामा फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

२०६२ मंसिर १५ गते घाँस काट्न गएकी सुशिला कुमारी मुखियालाई हत्या गरि शौचालयमा राखेको अभियोगमा जनकपुरधाम उपमहानगरपालिका–१६ कपिलेश्वरका अमित मण्डललाई प्रहरीले पक्राउ गरेको छ ।

प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटेको विषेश टोलीले मण्डललाई पक्राउ गरेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । मण्डल १५ वर्षदेखि कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी थिए ।

प्रतिक्रिया दिनुहोस्