अब विद्यार्थीलाई गाउँघरका खेतमा लगेर शिक्षा दिनुपर्छ: प्रधानमन्त्री अाेली



काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा कोठाको पढाइबाट मात्र दक्ष जनशक्ति उत्पादन नहुने भएकाले अब विद्यार्थीलाई गाउँघरका खेतमा लगेर शिक्षा दिनुपर्ने बताएका छन्। पूर्वाञ्चल विश्वविद्यालयको २९औं साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘अब कक्षा कोठाको पढाइले मात्र पुग्दैन। विद्यार्थीलाई गाउँघरका खेतमा नै लगेर शिक्षा दिनु पर्दछ।’

 

विद्यालयमा दिइने औपचारिक शिक्षाले मात्र देशको आवश्यकता पूरा नगर्ने भएकाले प्रयोगात्मक र व्यवहारिक शिक्षा दिनुपर्ने उनले बताए। विज्ञान र प्रविधि उपयोग गरी अबको शिक्षा प्रणाली विकास गर्नुपर्ने उनले बताए। ‘शिक्षा र प्रविधिलाई सम्बन्धित गराएर अघि बढाउनु पर्दछ’ प्रधानमन्त्री ओलीले भने ‘यसले गर्दा थोरै जनशिक्तबाट धेरै काम लिन सकिन्छ।’ 

 

आगामी वर्ष सबै बालबालिकालाई विद्यालयमा ल्याइने प्रधानमन्त्रीले दाबी गरे। ‘आगामी वर्षदेखि विद्यालय उमेरका कोही पनि बालबालिका विद्यालय बाहिर हुनेछैनन्’ प्रधानमन्त्री ओलीले भने। 

 

विश्वविद्यालय अब विशिष्टकृत हुनेपर्ने बताएका ओलीले आपसी समन्वय नहुँदा कतिपय ठाँउमा आवश्यकताभन्दा बढी कलेजले सम्बन्धन पाएको बताए। ‘शिक्षालाई देशको आवश्यकता अनुसार अघि बढाउनु पर्दछ’ उनले भने। 

 

साधारणसभाले आव २०७५/२०७६ का लागि प्रस्तावित आयव्यय विवरण, आव २०७१/२०७२ र आव २०७२/२०७३ को लेखा परीक्षण प्रतिवेदन पास गरेको छ। 

 

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं– कोरोना भाइरसको सङ्क्रमणको जोखिम कायमै रहँदा खुलेका सार्वजनिक यातायातमा आवतजावत गर्न जोखिमपूर्ण बनेको छ

काठमाडौं : काठमाडौं उपत्यका कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ भने पछिल्लो २४ घण्टामा

काठमाडौं– सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले बञ्चरेडाँडा ल्याण्डफिल्ड साइड निर्माणको काम दशैअगाडी नै सम्पन्न हुने

काठमाडौं– धेरै विधाका मानिसलाई सरकारले संविधान दिवसको अवसर पारेर विभुषित ग¥यो । खेलकुद क्षेत्रलाई योगदान

काठमाडौं : आन्तरिक वायुसेवा कम्पनीहरुले भाडा नबढाउन भएको छ । सरकारले भाडा बढाएर ५० प्रतिशत

काठमाडौं : नेपाली सेनामा कार्यरत एक सैनिकको कोराना संक्रमणबाट मृत्यु भएको छ । काठमाडौँमा सेवारत

धादिङ : पेट्रोल बोकेको ट्यांकर त्रिशूलीमा खसेको छ । पृथ्वी राजमार्गस्थित गल्छी बैरेनीको नमस्ते ग्यास

नेपालगञ्ज : बाँकेमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–२१ पुरैनीका ५९

काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपीएल) मा चेन्नई सुपर किंग्सले विजयी सुरुवात गरेको छ। उसले

काठमाडौं : रौतहटको चन्द्रनिगाहपुरकी कोरोना संक्रमित महिलाको चितवनमा मृत्यु भएको छ ।चितवनमा मेडिकल कलेज भरतपुरको

काठमाडौं : पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले ५ विषयमा संविधान संशोधन गर्नुपर्ने बताएका छन्। शनिबार बिहान

नेपाल उद्योग वाणिज्य महासंघले मंसिर दोस्रो साता मात्रै साधरणसभा गर्ने निर्णय लिएको छ । शुक्रबार