नेकपा र कांग्रेस एक्सपायर भएको औषधी जस्तै छ : सिके राउत



जनकपुरधाम : जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले राष्ट्रियसभा निर्वाचनमा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) सँग राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको गठबन्धनलाई दलालीको संज्ञा दिएका छन् ।

शनिवार जनकपुरधामको बाह्रबिग्हा रंगभुमि मैदानमा आयोजित आमसभालाई सम्बोधन गर्दै डा.राउतले मधेशी दलहरु सत्ता प्राप्तीकालागि नेकपा र कांग्रेसले बनाएको सहमती पत्रहरुमा धमाधम हस्ताक्षर गरिरहेको बताए ।

उनले जनताले चुनाव चिन्ह माग गरेकाले राजनितिक दल बनेको बताएका छन् । संविधानसभा निर्वाचनको विरोधमा कोठा वाहिर मोहर लगाउन भनेपछि जनताले आफ्नै चुनाव चिन्ह र पार्टीको झन्डा लिएर आउन सुझाव दिएकाले जनताको जनमत अनुसार नै जनमत पार्टी स्थापना गरेको बताए ।

सरकारसँगको सम्झौताले विजयी हासिल भएको भन्दै यसलाई कसैले गलत अर्थ नलगाउन भनेर चेतावनी समेत दिए । उनले दलाल पार्टीहरुको जस्तो लेनदेन गरी सम्झौता नगरेको दावी गरे ।

डा.राउत आफ्नो पार्टीको मुख्य एजेन्डा नै जनमत संग्रह रहेको समेत बताए । उनले आफुले सबैलाई देखाएर सहमती गरेको भन्दै नेकपा र कांग्रेस एक्सपायर भएको औषधी जस्तै रहेको बताए । उनले दलालहरुको पत्तासाफ हुने दावी समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्