सभामुखमा सापकोटा निर्वाचित



काठमाडौं : लामो समयदेखि रिक्त रहेको प्रतिनिधि सभाको सभामुखमा अग्नीप्रसाद सापकोटा निर्वाचित भएका छन् ।

आज (आइतबार) बसेको प्रतिनिधि सभाको बैठकबाट सभामुखमा सापकोटा निर्वाचित भएका हुन् । उनको बिरुद्ध अरु कुनै उम्मेदवारी नपरेका कारण निर्विरोध चयन भएपनि औपचारिकताका लागि संसदका बैठकबाट अनुमोदन गरिएको हो ।

सुवासचन्द्र नेम्वाङले प्रतिनिधि सभाको सभामुखमा सापकोटालाई सभामुख बनाइयोस् भनेर प्रस्ताव गरेका थिए भने नेकपाका नेता देवप्रसाद गुरुङ, ओनसरी घर्ती र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका सांसद लक्ष्मणलाल कर्णले समर्थन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्