शाहरुखले भने- म मुसलमान, मेरी श्रीमती हिन्दु र मेरा बच्चाहरुको धर्म हिन्दुस्तान



एजेन्सी : बलिउड किंग तथा अभिनेता शाहरुख खानले एक टेलिभिजन कार्यक्रममा उनको घरमा धर्मबारे कहिले पनि कुनै चर्चा नहुने बताएका छन् ।

Related image

स्टार प्लसमा प्रशारण हुने रियालिटी शो डान्स प्लमा पुगेका उनले भने, ‘हाम्रो परिवारमा हामीले कहिले पनि हिन्दु मुसलमानको केही पनि कुरा गरेका छैनौं । मेरी श्रीमती हिन्दु हुन्, म मुसलमान हुँ र मेरा सन्तान हिन्दुस्तान हुन् ।, स्कुलमा हुने फारममा धर्मबारे सोधिएका हुनाले मेरी छोरी सानी हुँदा बुवा हम्रो धर्म के हो धनेर सोधिन् । मैले उनलाई हामी भारतीय हौं भनेँ किनभने कुनै पनि धर्म छैन र हुनु पनि हुँदैन ।’

गत शनिबार राती प्रशारण भएको उक्त शोमा शाहरुख खान उपस्थित भएका उनको यो बयानका लागि सोसल मिडियामा उनको निकै तारिफ भइरहेको छ ।

कतिले उनको बयानलाई देशलाई गौरवान्वित तुल्याउने वाक्य भनेका छन् भने कतिले नागरिकता संशोधन कानून (सीएए) र एनआरसीमा चुप बसेको भन्दै उनको विरोध पनि गरिरहेका छन् ।

उनको यो बयानलाई धेरैले खुलेर तारिफ गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्