विप्लवका कार्यकर्ता र प्रहरीबीच गोली हानाहान, एक प्रहरी घाइते



बर्दिया : प्रतिवन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विप्लव समूहका कार्यकर्तालाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाएको छ ।

मंगलबार विप्लव कार्यकर्तालाई नियन्त्रणमा लिने क्रममा प्रहरी र विप्लव कार्यकर्ताबीच गोली हानाहान भएको हो ।

विप्लव कार्यकर्ताको गोली लागि मधुवन नगरपालिका स्थित इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान गंगा चौधरी घाइते भएका प्रहरीले जनाएको छ ।

जवान चौधरीको तिघ्रामा गोली लागेको छ।

चौधरीको वर्दियामा उपचार हुन नसकेपछि थप उपचारको लागि नेपालगञ्ज रिफर गरिएको छ।

घटनास्थलबाट दुई जना पक्राउ परेका छन्। प्रहरीलाई गोली प्रहार गर्ने प्रतिवन्धित विप्लव समूहका रोहित सुनार र जयबाहादुर ठाडामगरलाई पक्राउ गरेको हो।

प्रतिक्रिया दिनुहोस्