मोटरसाइकल दुर्घटनामा परी श्रीमान–श्रीमतीको मृत्यु, ९ वर्षीय छोरा घाइते



जनकपुरधाम : धनुषामा सवारी दुर्घटनामा परि दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । बुधवार दिउँसो गणेशमान चारनाथ नगरपालिका–६ गोदारमा बोलेरो र मोटरसाइकल एकआपसमा ठोक्किँदा सोहि वडा बस्ने मोटरसाइकल चालक ५० वर्षीय जोगेन्द्र साह र उनका ४० वर्षीया पत्नी प्रमिला साहको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरिक्षक रामेश्वर कार्कीले जानकारी दिएका छन् ।

दुर्घटनामा परि मोटरसाइकमा सवार साहका ९ वर्षीय छोरा जोन साह सामान्य घाइते भएको धनुषाका प्रहरी नायव उपरिक्षक कार्कीले बताए ।

र्पूर्वपश्चिम राजमार्ग खण्डमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बा ६४ प ३०४८ नम्बरको मोटरसाइकल र विपरित दिशातर्फबाट आउँदै गरेको स १ च १८५८ नम्बरको बोलेरो एक आपसमा ठोक्किँदा घटनास्थलमै दुबैजनाको मृत्यु भएको उनले बताए ।

मृतक दुवै जनाको शव प्रादेशिक अस्पताल जनकपुरमा राखिएको उनले बताए । ठक्कर दिने बोलेरो र चालकलाई नियन्त्रणमा लिइ घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्