नेकपाको राष्ट्रिय महाधिवेशन २०७७ चैत्रमा गर्ने प्रस्ताव, हेर्नुहोस् प्रतिवेदनको पूर्णपाठ



काठमाडौं : आज (बुधबार)देखि काठमाडौंमा जारी नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को केन्द्रीय समितिको बैठकमा अध्यक्षद्वयका तर्फबाट प्रस्तुत राजनीतिक प्रतिवेदनमा पार्टीको राष्ट्रिय महाधिवेशन आगामी २०७७ चैत्र २५ देखि ३० गतेसम्म सम्पन्न गर्ने प्रस्ताव गरिएको छ ।

पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को संयुक्त राजनीतिक प्रतिवेदन केन्द्रीय समितिको बैठकमा पेश गरिएको थियो । अध्यक्षद्वयको प्रतिवेदन पेश गर्दै अध्यक्ष प्रचण्डले पार्टीको राष्ट्रिय महाधिवेशन अघि २०७७ साल भदौदेखि मंसिरसम्ममा सबै स्थानीय र प्रदेश तहका अधिवेशन सम्पन्न गर्ने प्रस्ताव गरेका छन् ।

राजनीतिक प्रतिवेदनमा २०७७ साउन महिनाको दोश्रो हप्तामा जिल्ला कमिटीले आ–आफ्नो जिल्लाको अभियानमा समिक्षा गर्ने र प्रतिबेदन तयार गरी प्रदेश कमिटीमा पठाउने, साउन महिनाको तेस्रो हप्तामा प्रदेश कमिटीले आ–आफ्नो प्रदेशको अभियानको समिक्षा गर्ने र प्रतिबेदन तयार गरी केन्द्रीय कमिटीमा पठाउने र साउन महिनाको चौथो हप्तामा केन्द्रीय कमिटीले समग्र अभियानको समिक्षा गर्ने र प्रतिबेदन पारित गर्ने प्रस्ताव गरिएको छ ।

बैठकमा महासचिव विष्णुप्रसाद पौडेलले संगठनात्मक प्रतिबेदन तथा विधान संशोधन प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । यसैगरी बैठकमा नेकपाका प्रदेश कमिटीका अध्यक्षहरुले आफ्नो प्रदेशका संगठनात्मक कामको रिपोर्टिङ गर्ने कार्यक्रम रहेको छ ।

तात्कालिन नेकपा एमाले र तात्कालिन नेकपा माओबादी केन्द्रबीच २०७५ साल जेठ ३ गते पार्टी एकीकरण भएर नेपाल कम्युनिष्ट पार्टी भएपछि दोस्रोपटक केन्द्रीय कमिटीको बैठक अहिले बसिरहेको हो ।

अध्यक्षद्वयका तर्फबाट नेकपा केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठक समक्ष प्रस्तुत राजनीतिक प्रतिवेदन :-

प्रतिक्रिया दिनुहोस्