सुत्केरी भएको कति दिनपछि यौन सम्पर्क गर्ने ?



एजेन्सी : गर्भवती भएको कति दिनमा यौन क्रियाकलाप गर्ने भन्ने विषय महिलाका लागि जटिल प्रश्न हो ।

केहीले करकापमा चाँडै नै यौन सम्बन्ध कायम गर्छन् भने केहीले एकवर्षसम्म पनि यौन सम्पर्क राख्नु हुँदैन भन्ने मान्यता राख्छन् ।

चिकित्सकहरुले भने शारीरिक रुपमा गर्भवती भएको ४५ दिनपछि महिला यौन सम्पर्कका लागि परिपक्क हुन्छन् भन्ने बताउँछन् ।

हर्मोनमा आउने ब्यालेन्सले महिलाहरुमा ३० दिनपछि नै यौन इच्छा बढ्न थाल्छ । तर उनीहरु परिपक्क बन्नका लागि भने ४५ दिन लाग्छ ।

सामान्य सुत्केरी भएको महिलाको यौन चाहना पनि चाँडो हुन्छ भने शल्यक्रिया गरेका महिलाको भने यौन चाहना ढिलो हुन्छ । धेरै छाला च्यातिएको छ भने घाउ पुरा निको हुनुपर्छ ।

चिकित्सकहरुले ४५ दिन पुगेपछि यौन सम्बन्ध राख्नु राम्रो हुने सुझाव दिन्छन् । केही महिलालाई लामो समयसम्म यौन सम्पर्कमा रुची नहुने समस्या हुनसक्ने भएकाले चुम्बन, आलिंगनजस्ता क्रियाकलाप गर्न चिकित्सकको सुझाव छ ।

शारीरिक श्रमले पनि महिलाको यौन चाहना कहिले सुरु हुन्छ भन्ने कुराको निर्धारण गर्छ । सुत्केरी भएपछि महिलाहरुले धेरै चिल्लो र कार्बोहाइड्रेट भएका खानेकुरा खाने चलन छ । त्यसैले शारीरिक श्रम वा व्यायामलाई ध्यान दिनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्