प्रहरीको जवाफी कार्बाहीमा मारिएका व्यक्तिको सनाखत



बुटवल : गएराति भैरहवामा प्रहरी र अज्ञात समुहबीच भएको गोली हानाहानमा मृत्यु भएका व्यक्ति सनाखत भएको छ ।  मृत्यु हुने रुपन्देही सिद्धार्थनगर नगरपालिका–६ का अन्दाजी वर्ष ४० का केदार सहानी भएको रुपन्देही प्रहरीले जनाएको छ ।

 

तस्करी बढेको पाइएपछि रुपन्देहीका विभिन्न स्थानमा प्रहरीले रातको समयमा गस्ती गर्ने क्रममा प्रहरीको जवाफी कार्बाहीमा सहानीको मृत्यु भएको प्रहरीको भनाई छ । 

 

मारिएका साहानी विगतमा तत्कालीन नेकपा माओवादीसँग आवद्ध थिए। त्यसपश्चात उनी जनतान्त्रिक तराई मुक्ति मोर्चा आजाद समूह (भूमिगत समूह) प्रवेश गरी चन्दा आतंकमा सक्रिय थिए। 

प्रतिक्रिया दिनुहोस्