एटीएम ह्याकिङमा भारतीय गिराेह संलग्न भएकाे पुष्टि



काठमाडौं : बैंकले व्यवसायीलाई वितरण गर्ने पीओएस (प्वाइन्ट अफ सेल) मेसिनको दुरुपयोग गरी एटीएम ह्याकिङ हुन थालेको छ ।

 

अन्तर्राष्ट्रिय ह्याकरहरूले नेपालमा पीओएस मेसिनमार्फत एटीएम ह्याकिङ गर्न थालेका छन् । एक महिनामा प्रहरीले ह्याकिङ गर्ने दुई वटा अन्तर्राष्ट्रिय समूहलाई पक्राउ गरेको छ ।

 

दुवै समूहले नेपालीसँग मिलेर कार्ड स्वाइपमार्फत भुक्तानी लिने पीओएस मेसिनको दुरुपयोग गरेको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानमा धेरै भारतीय गिरोह यसमा आबद्ध देखिएका छन् । नयाँ पत्रिका दैनिकमा याे खबर छापिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्