सम्पदा पुनर्निर्माण सहयोग गर्ने प्राधिकरणको प्रतिवद्धता



ललितपुर : राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ललितपुरका सम्पदा पुनर्निर्माणमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको छ। प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पाटन दरबार स्क्वायर क्षेत्रमा रहेका सम्पदाको पुनर्निर्णाणको लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् ।

पाटन दरबार स्क्वायर पुगेका प्राधिकरण प्रमुख ज्ञवालीले ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनसँग यस्तो प्रतिवद्धता जनाएका हुन्।  ‘महत्वपूर्ण विषय प्रधानमन्त्रीको अध्यक्षमा बस्ने निर्देशक समितिको बैठकबाटै पारित गराउँला’, मेयर महर्जनसँग प्राधिकरण प्रमुख ज्ञवालीले भने, ‘तपाईं अगाडि बढ्नुहोस्। सहयोग गर्न तयार छौँ।’

‘म मेयर हुँदा नै सबै सम्पदा पुनःनिर्माण सम्पन्न गर्न चाहन्छु’, प्राधिकरण प्रमुख ज्ञवालीसँगै सम्पदा क्षेत्रको अवलोकन गर्दै मेयर महर्जनले भने। ललितपुर महानगरका सम्पदा सल्लाहकार डा. रोहित रञ्जितकारले भिजन ट्वान्टी-ट्वान्टीभित्रै सम्पदा पुनःनिर्माण गर्न सकिए पर्यटकलाई ललितपुरमा आकर्षित गर्न सकिने बताएका अन्नपुर्णमा खवर छ।

केही समय अघि स्थानीयले मंगलबजारको सम्पदा क्षेत्रभित्रको भीमसेन मन्दिर पुनःनिर्माणका लागि ‘भीमसेन मन्दिर पुनःनिर्माण सरोकार समिति’ गठन गरिसकेका छन्। सम्पदा अवलोकनकाक्रममा ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष तथा भीमसेन मन्दिर पुनःनिर्माण सरोकार समितिका संयोजक कृष्णलाल महर्जनलगायतको उपस्थिति थियो।

प्रतिक्रिया दिनुहोस्