सिनेमा क्षेत्रमा बढ्दै गुटबन्दी !



काठमाडौं : एउटा चलचित्र निर्माण गर्न एक जनाले मात्र सम्भव हुँदैन । हामीलाई थाहा छ, एउटा चलचित्र निर्माण गर्न निर्माता–निर्देशक, कलाकार, प्राविधिक लगाएत दर्जनौं मानिसको सहभागिता हुन्छ । तर, पछिल्लो समय एउटा चलचित्रमा काम गरेका टिमले नै अर्को चलचित्रमा लगातार काम गर्ने चलन बढि रहेको छ ।

यसलाई कतिपय चलचित्रकर्मी र चलचित्र समिक्षकले सिनेमा क्षेत्रमा बढ्दो गुडबन्दीका रुपमा औँल्याएका छन् । किनकी अपबाद बाहेक एउटा समुहमा रहेका चलचित्रकर्मी अर्को समूहले निर्माण गर्ने चलचित्रमा कमै देख्न सक्छौं । ति समूहहरु प्राय चलचित्रको सिरिज र सिक्वेल निर्माणमा सक्रिय छन् ।

यसरी समूहगत रुपमा चलचित्र निर्माण गर्नुका पछाडि धेरै कारण हुन सक्छन् । जस्तो कि व्यवसायिक रुपमा सुरक्षित हुन, धेरै जना भएपछि सबै जनाबाट फरक फरक कुराहरु आउछन् । अहिलेसम्म औपचारिक रूपमा कुनै पनि चलचित्रकर्मीले समूह विभाजन गरेका छैनन् । तर, अनौपचारिक रूपमा भने स्वतः निर्माण भएका समूहका सदस्यमा जिम्मेवारी बाँडफाँड हुन्छ । पाँच जनाको समूहमा कसै न कसैको चित्त नबुझेको पनि हुनसक्छ । त्यसैले यसका सकारात्मक तथा नकारात्मक पक्ष उत्तिकैहुन्छ ।

धुर्मुस–सुन्तली

सीताराम कट्टेल ‘घुर्मुस’ तथा कुञ्जना घिमिरे ‘सुन्तली’ पनि सानो पर्दामा एकदमै जमेका कलाकारहरू हुन् । उनीहरूले हास्यश्रृंखला ‘मेरी बास्सै’ मार्फत दर्शकको मन जितेका थिए । तर, अहिले उनीहरु कलाकारिता भन्दा समाजसेवामा बढी सक्रिय रहँदै आएका छन् ।
उनीहरुले दीपकराज गिरी र दीपाश्री निरौलाको समूहमा रहेर चलचित्र ‘६ एकान ६’ तथा ‘वडा नम्बर ६’ सम्म सहकार्य गरे । त्यसपछि भने अभिनयलाई थन्क्याएर सामाजिक कार्यमा सक्रिय भए । धेरैले उनीहरूलाई समूहबाट अलग्गिएको शंका गरे तर उनीहरुले सामाजिक कार्यमा व्यस्त भएको र नअलग्गिएको बताए । अहिले उनीहरु आफैले चलचित्र ‘सेन्टी भाइरस’ निर्माण गरेका छन् ।

प्रदीप भट्टराईको समूह

मह सञ्चारमा लामो समय आबद्ध भएका युवा निर्देशक हुन्–प्रदीप भट्टराई । उनले पनि महसञ्चार समूहबाट बाहिरिएर जात्रा चलचित्रको निर्देशन गरे । २०७३ साल कात्तिक २६ गते प्रदर्शन भएको उक्त चलचित्र व्यावसायिक रूपमा सफल भयो ।

मिलन चाम्सको समूह

पाँच वर्ष अघिदेखि चलचित्र निर्माण तथा निर्देशनमा आएका मिलन चाम्सले चलचित्र ‘हँसिया’ र ‘ब्लाइन्ड रक्स’मा निर्माता निकेश लिम्बूसँग सहकार्य गरे । त्यो चलचित्रपछि अहिले आएर उनले निकेशसँगै मिलेर तेस्रो चलचित्र ‘गोर्खा वारियर’ को काम गरिरहेका छन् । अभिनयका हिसाबमा मिलनले चलचित्र ‘वीरविक्रम’ र ‘ह्याप्पी डेज’मा अभिनेता दयाहाङ राईसँग सहकार्य गरे । उनले अभिनेता नाजिर हुसेनसँग पनि चलचित्र ‘वीरविक्रम’ र ‘वीरविक्रम–२’ मा सहकार्य गरेका छन् । उनैले निर्देशन गरेका दुई चलचित्र ‘लिलिबिली’ तथा ‘बोबी’ भने व्यावसायिक रूपमा समेत सफल भए । बोबीमा उनले उमेश थापा र कविता गुरुङको जीवनीलाई चित्रण गरेका थिए । पछिल्लो पटक उनले बोबीकै सिक्वेल निर्देशन गर्ने घोषणा गरेका थिए, यद्यपी चलचित्रको निर्माण प्रारम्भ भएको छैन ।

दिनेश राउतको समूह

युवा निर्देशक दिनेश राउत प्रेमकथामा आधारित चलचित्र निर्माण गर्ने गरेका छन् । उनले विगतमा आर्यन सिग्देल र नम्रता श्रेष्ठदेखि पछिल्लो समयमा विपिन कार्कीसँग सहकार्य गरिसकेका छन् । आठ वर्षअघि चलचित्र ‘आई एम सरी’ मा आर्यन सिग्देल तथा केकी अधिकारीलाई लिएर चलचित्र निर्देशनको क्षेत्रमा पदार्पण गरेका राउतले दोस्रो चलचित्र ‘नोभेम्बर रेन’ बाट सफलता हासिल गरे ।

उनले ‘क्लासिक’ चलचित्रमार्फत निर्माता सुवास गिरीसँग समेत सहकार्य गरे । निर्माता गिरीसँगै मिलेर उनले चलचित्र ‘पर्व’ समेत निर्देशन गरे। चलचित्र ‘प्रसाद’ लाई पनि निर्माता सुवास थापाले साथ दिए । यतिबेला निर्देशक राउत निर्माता थापासँगै नयाँ चलचित्र ‘सेल्फी किङ’मा व्यस्त छन् ।

प्रतिक्रिया दिनुहोस्