बलात्कारको आरोप लागेका एसएसपी राणाद्वारा आत्मसर्मपण



धरान : निलम्बित एसएसपी सौरभ राणाले आत्मसर्मपण गरेका छन् । बलात्कारको आरोप लागेका संघीय प्रहरी कार्यालय धरानका तत्कालीन प्रमुख राणाले जिल्ला प्रहरी कार्यालय सुनसरीमा आत्मसर्मपण गरेका हुन्

आइतबार जिल्ला प्रहरी कार्यालय सुनसरी आफैं हाजिर भएर उनलाई प्रहरीले जिल्ला अदालत सुनसरीबाट पक्राउ पुर्जी जारी गरेको थियो ।

राणा प्रहरी सम्पर्कमा आएपछि थप अनुसन्धानको लागि बाटो खुलेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय झापामा डीएसपी हुँदा एक महिलामाथि जबरजस्ती करणी गरेको आरोप लागेको छ । झापा विर्तामोड घर भएकी लिम्बु थरकी विवाहित महिलाले राणाले पटक पटक डर, धम्की दिएर बलात्कार गरेको आरोप लगाएकी छिन् ।

महिलाले राणाले जिल्ला प्रहरी कार्यालय सुनसरी, प्रदेश ट्राफिक कार्यालय इटहरी र संघीय प्रहरी कार्यालय धरानको प्रमुख हुँदासमेत धम्की दिएर करणी गरेका आरोप लगाएकी छिन् ।

पीडित महिलाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा शुक्रबार नै स्वास्थ्य परीक्षण भएको छ।

प्रतिक्रिया दिनुहोस्