ब्रेन ट्युमर भएका बालकलाई आर्थिक सहयोग



काठमाडौं : लायन्स क्लब अफ काठमाडौं, परोपकारले ब्रेन ट्युमर भएका एक बालकलाई आर्थिक सहयोग गरेको छ । अन्तर्राष्ट्रिय सामाजिक संस्था लायन्स क्लब अफ इन्टरनेशनलका संस्थापक मेल्भिनजोन्सको १४०औं जन्म जयन्तीका अवसरमा क्लबले सहयोग गरेको हो । 

क्लबले ब्रेन ट्युमरबाट पीडित पाँच वर्षीय बालक सुलभ ढुङ्गानालाई नगद २५ हजार पाँच सय पाँच रुपैयाँ सहयोग गरेको हो । 

सो अवसरमा एलसीआईएफ एरिया लिडर एमजेएफ लायन बालकृष्ण बुर्लाकोटी, फर्स्ट भाइस डिस्ट्रिक गभर्नर एमजेएफ लायन इन्दु लम्साल, सिनियर एओजी एमजेएफ लायन विसेश्वर आचार्य, लेखराज गाैतमलगायतको उपस्थिति थियो ।  यस्तै क्लबका स‌ंस्थापक अध्यक्ष पार्वती खरेल पाण्डे, सचिव नागेन्द्र पण्डित र काेषाध्यक्ष शाेभाकान्त झासमेत उपस्थिति थियाे । 

रकम हस्तान्तरण गर्दै क्लबका अध्यक्ष चोला प्रसाद पाण्डेले बालकको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले रकम उपलब्ध गराइएको बताए । सो रकम क्लबका सदस्यहरूबाट सङ्कलन गरिएको हो । 

काभ्रे जिल्लास्थित चौरीदेउराली गाउँपालिकाका बालक ढुङ्गाना हाल अन्नपूर्ण न्यूरो अस्पतालमा उपचाररत छन् । बालकको आर्थिक अवस्था कमजाेर भएकाले उपचारका लागि सहयाेग गरेकाे क्लबले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्