कार्तिकसँगको प्रेमको बारेमा साराले दिइन् यस्तो जवाफ



एजेन्सी : बलिउड अभिनेत्री सारा खानले अभिनेता कार्तिक आर्यनसँगको प्रेम सम्बन्धको बारेमा मुख खोलेकी छिन् ।

आफ्नो नयाँ फिल्म ‘लव आज कल’ को प्रमोशनका क्रममा सञ्चारकर्मीहरुसँगको कुराकानीका क्रममा उनले आर्यनसँगको सम्बन्धको बारेमा खुलाएकी हुन् ।

लामो समयदेखि कार्तिक र साराको जोडीको चर्चा छ । लामो समयदेखि यी दुईलाई ‘रियल’ जोडी भन्दै विभिन्न अड्कलबाजी गरिरहेका छन् ।

करण जौहरको कार्यक्रममा साराले कार्तिकलाई ‘क्युट सारा’ भन्दै डेट जाने इच्छा व्यक्त गरेपछि उनीहरुको अफेयरको चर्चा चलेको थियो । यद्यपि, यी दुवैले प्रेमसम्बन्धको बारेमा कुनै पनि प्रतिक्रिया दिएका छैनन् ।

यसैबीच, पुनः एकपटक साराले उनीहरुबीच प्रेमसम्बन्ध नभएको उल्लेख गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्