सलमान खानका चर्चित १० ‘अफेयर’



काठमाडौं : सलमान खान भारतीय चलचित्र क्षेत्रका बहुप्रसिद्ध अभिनेता हुन् । बलिउड अभिनेता सलमान अहिले ५४ वर्षका भइसकेका छन् । उमेर बढ्दै गए पनि उनी चलचित्र उद्योगका जल्दाबल्दा अभिनेतामा गनिन्छन् । कुमार (अविवाहित) सलमानससँग विवाह गर्न उनीभन्दा आधा उमेरका युवती पनि तयार छन् ।

त्यति मात्र हैन सलमानसँग प्रत्येक समय कुनै न कुनै युवतीको नाम जोडिएकै हुन्छ । तर, उनले अहिलेसम्म कुनै पनि युवतीसँगको सम्बन्ध स्वीकारेका भने छैनन् । तर सम्बन्ध जोडिने क्रम भने छुट्टिएको छैन ।

संगीता बिजलानी


संगीता बिजलानीलाई सलमान सलमान खानकी पहिलो प्रेमिका भनिन्छ । संगीता मोडल थिइन् भने सलमान आफ्नो करियर बनाउने कोसिस गरिरहेका थिए । त्यो बेला सलमानभन्दा संगीता लोकप्रिय थिइन् । दुवैले केही विज्ञापनमा सँगै काम गरेका पनि छन् । त्यति बेलैको दोस्ती प्रेममा बदलिएको थियो । तर त्यो प्रेम धेरै समयसम्म टिक्न सकेन। अन्ततः उनीहरूको ब्रेकअप भयो ।

सोमी अली

Image result for somy ali and salman"


सोमी अलीसँग पनि सलमानको नाम जोडिएको थियो । सोमी सलमानकी फ्यान थिइन् । केही मोडलिङ गरेपछि उनी फिल्ममा प्रवेश गरिन् । त्यसपछि सलमानसम्म नजिकिन थालिन् । विस्तारै दुवै एकअर्कासँग नजिक भए र प्रेममा परे । सोमी सलमानसँग विवाह गर्न चाहन्थिन् तर सलमान विवाहको मुडमा थिएनन् ।

ऐश्वर्या


चलचित्र ‘हम दिल दे चुके सनम’ को छायांकनको क्रममा सलमान र ऐश्वर्या एकअर्कासँग नजिक भए । उनीहरु सम्बन्धमा रहेको खबरहरु सार्वजनिक भए । तर, पनि विभिन्न कारणले ऐश्वर्याले सलमानसँग सम्बन्ध तोडिन् ।

कैटरिना केफ


सलमान र कैटरिनाले एकै साथ धेरै चलचित्र गरेका छन् । एकपछि अर्को चलचित्रमा सँगै काम गर्न थालेपछि उनीहरु निकै नजिक भए । सलमान र कैटरिनाको विवाहको मिति पनि धेरै पटक तोकियो तर हुन सकेन । कैटरिनाले पनि सलमानसँग घर बसाउने सपना देखिन् तर सलमानले यसबारेमा निर्णय लिएनन् । जवाफ नपाएपछि उनी सलमानबाट टाढा भइन् ।

युलिया वन्तुर

Image result for बलिउड अभिनेता सलमान खान र युलिया वन्तुर"


बलिउड अभिनेता सलमान खान र रोमानियाकी सुन्दरी युलिया वन्तुरबीच प्रेम सम्बन्ध रहेको चर्चा चल्यो । उनीहरूले विवाह गर्ने समाचार पनि बाहिर आयो तर उनीहरु असल साथी मात्र रहेको बताए ।

स्नेहा उल्लाल


स्नेहासँग पनि सलमानको नाम जोडियो । उनीहरु एक अर्कासँग नजिक पनि भए । । स्नेहाको अनुहार ऐश्वर्यासँग मिल्दोजुल्दो भएकाले फिल्मका साथै जीवनको हिस्सासमेत बनाउने कोसिस गरेको बताइयो । तर, फिल्मका साथै उनीहरुको सम्बन्ध पनि केही दिनसम्म मात्र टिक्न सक्यो ।

जरिन खान

Image result for zarine khan and salman khan"

जसरी सलमानले ऐश्वर्यासँग मिल्दोजुल्दो अनुहारलाई बलिउडमा भित्र्याए त्यसरी नै कट्रिनासँग मिल्दोजुल्दो अनुहार भएको जरिन खानलाई पनि बलिउड गर्ल बनाउन जुटे । उनले जरिनलाई आफ्नो प्रोडक्शन हाउसको फिल्म ‘वीर’ मा मुख्य भुमिका दिइयो । तर स्नेहा उल्लालसँग जे भयो सलमान र जरिनको सम्बन्ध पनि टुक्रियो । सलमान र जरिनले ‘बीर’मा सँगै काम गरेका थिए ।

डेजी शाह

Image result for सलमान र डेजी"

सलमानको डेजीसंग अफेयर रहेको पनि चर्चा थियो। उनीहरुलाई सँगै देखिएको चर्चा पनि चलेको थियो । तर, पछि भने चर्चा सेलायो ।

अली आर्टर

Image result for ali larter and salman khan"


म्यारी गोल्डकी नायीका अली आर्टरसँग पनि सलमानको अफेयर रहेको थियो । सन् २००६ मा चलचित्र म्यारीगोल्ड शुटिङ हुँदा उनिहरु निकै नजिक थिए । तर, लामो समयसम्म भने यो सम्वन्ध पनि टिक्न सकेनन् ।

मेहक छल

Image result for mahek chahal and salman khan"

बिग बोसको पाँचौ सिजनका प्रतियोगी मेहक छलसंग पनि सलमानको नाम जोडियो । महकले सलमानको चलचित्र ‘वान्टेड’मा पनि काम गरेकी थिइन् । तर, यो सम्बन्ध पनि लामो समय चल्न सकेन् ।

प्रतिक्रिया दिनुहोस्