‘किसिङ सीन’ गर्दा मज्जा आउँदैन, निकै दबाब महसुस हुन्छ : दिशा पाटनी



एजेन्सी : बलिउड अभिनेत्री दिशा पाटनीले फिल्ममा ‘किसिङ सीन’ दिँदा दबाब महसुस हुने बताएकी छिन् । उनले फिल्म प्रमोशनका क्रममा एक सञ्चार माध्यमलाई दिएको अन्तरवार्तामा उक्त कुरा बताएकी हुन् ।

उनले आगामी फेब्रअरी ७ मा रिलीज हुने उनको फिल्म ‘मलंग’ को प्रमोशनको क्रममा भारतीय सञ्चार माध्यम दैनिक भास्करलाई दिएको एक अन्तरवार्तामा किस सीन गर्दा मज्जा होइन दबाब महसुस हुने बताएकी छिन् ।

उनले फिल्मसँग जोडिएका विभिन्न सीनहरुको बारेमा कुराकानी गर्ने क्रममा उनले फिल्ममा दिएका थुप्रैै किस सीनहरु ट्रोल बनेको सम्झिदैँ विस्तारै आलोचना सहने बानी परेको समेत खुलाइन् ।

किस सीनका कारण बन्ने मीम्स र ट्रोलको बानी परेको बताउँदै दिशाले यदि आफ्नो कारण कोही हाँस्छ भने त्यो कुरा ठिकै हो भन्ने बताइन् ।

उनले साथसाथै, किसिङ सीन गर्दा ठूला – ठूला क्यामेरा अगाडि पछाडि हुने र ५० जनाभन्दा बढी मानिसहरु वरिपरी बसेर घुरेर हरेको बेला दिएको सीनले मज्जा होइन अत्यन्तै दबाब महसुस हुने बताइन् ।

प्रतिक्रिया दिनुहोस्