फिल्म ‘के घर के डेरा’मा अभिनय गर्दैछन् यी कलाकार



काठमाडौं : निर्देशक सुव्रतराज आचार्यले निर्देशन गर्ने चलचित्रको औपचारिक निर्माण घोषणा गरिएको छ ।

सोमवार राजधानीमा एक कार्यक्रमका बीच निर्माण टिमले मुख्य कलाकार र प्राविधिकको नाम सार्वजनिक गर्दै चलचित्रको घोषणा गरेको हो ।

‘के घर के डेरा’ मा भर्सटायल अभिनेताद्वय दयाहाङ राई र विपिन कार्कीको साथमा वर्षा राउत, रविन्द्र झा, लुनिभा तुलाधर, बालकलाकार आर्सिना भट्टराईलगायत कलाकारको अभिनय रहनेछ ।

शुभ लाभ फिल्मस् र ए प्लस इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने ‘के घर के डेरा’ मा राजिव श्रेष्ठ र किरण महर्जन निर्माताको रुपमा रहनेछन् भने ताक्पा तामाङ (सिंगे लामा) कार्यकारी निर्मातामा छन् । त्यस्तै, यम प्रसाद ओली सह९निर्मातामा रहेका छन् । हरि’ चलचित्रका निर्देशक सफल केसी र प्रतिक गुरुङको पटकथा रहेको चलचित्रको कन्सेप्ट निर्माता सिंगे लामाको हो । सिंगेले यसअघि ‘जात्रा’, ‘जात्रै जात्रा’ र ‘हरि’ फिल्म निर्माण गरिसकेका छन् ।

दिर्घ वीर गुरुङले खिच्ने चलचित्रलाई मित्र डि। गुरुङले सम्पादन गर्नेछन् । चलचित्रमा शंकर थापा ‘स्माइल’ को संगीत तथा गायन, डिपी खनाल तथा सुब्रत राज आचार्यको गीत, उदयराज पौडेलको एरेञ्ज र गम्भीर विष्टको कोरियोग्राफी रहनेछ । चलचित्रलाई रोहित९रत्न (आरआर) ले वितरण गर्दैछन् ।

काठमाडौंमा कोठा भाडामा लिएर बस्नेहरुको कथामा आधारित भएर निर्माण हुने चलचित्र चैत पहिलो साताबाट फ्लोरमा जानेछ । चलचित्र २०७७ सालको तीजमा रिलिज गरिने बताइएको छ । पैँतिस वर्षअघिको प्रदीप रिमाल निर्देशित चलचित्र ‘के घर के डेरा’ को नाम सापटी लिएर यो चलचित्र बनाइने भएको हो ।

प्रतिक्रिया दिनुहोस्