विहेपूर्व गर्भवती भएकी कल्कीको स्याहारमा कुकुर



एजेन्सी : बलिउड अभिनेत्री कल्की कोएचलिन गर्भवती छिन्। यसबारे उनले धेरै तस्बिर आफ्नो इन्सटाग्राममा पोष्ट पनि गरेकी छन्। पछिल्लो पोष्टमा भने उनले आफ्नो कुकुर कायराको तारिफ गरेकी छन्।

गर्भवती भएको बेला सबैभन्दा बढी हेरचाह कायराले गर्ने गरेको उनले उल्लेख गरेकी छन्।

कुकुरलाई महारानी बताउँदै कल्कीले लेखेकी छन्, ‘यो समयमा मलाई सबैभन्दा बढी कायराले पछ्याउने गर्छ। म जताजता जान्छु। उ सँगै आउँछ। उसले आफ्नो टाउको मेरो बढ्दै गरेको पेटमा राख्छ।’

उनले आफ्नो कुकुरलाई बहादुरको संज्ञा दिएकी छन्।

कल्की विवाहपूर्व गर्भवती भएकी हुन्। उनी गाइ हर्षवर्गसँग रिलेसनसिपमा छिन्। इजरायलका हर्षवर्ग पेन्टिङ गर्छन्।

कल्लीले आफ्नो बच्चालाई लिएर एकदमै उत्सिहत छिन्। उनले अहिल्यै के नाम राख्नेबारे चिन्तित छिन्। ‘म मेरो बच्चालाई पूरा स्वत्नत्रता दिन्छु। उनको नामले कहीँकतै कसैलाई अघात नपुगोस्, उनले एक अन्तर्वार्तामा भनेकी छन्।

प्रतिक्रिया दिनुहोस्