बुलेट बाइकमा सरर सोनाक्षी, भइन् ट्रोलको सिकार



काठमाडौं : बलिउड अभिनेत्री सोनाक्षी सिन्हा धेरै पटक सोसल मिडियामा ट्रोलको सिकार बनेकी छन्। कहिले उनी सोसल मिडियामा गरेको पोष्टका कारण त कहिले बयानका कारण उनी ट्रोलको सिकार बन्ने गरेकी हुन्। यो पटक भने सोनाक्षी बुलेट बाइक चलाएका कारण ट्रोल बनेकी छन्।

Image result for बाइकमा सोनाक्षी सिन्हा

सोनाक्षीले मुम्बईको भीडभाड र ट्राफिकबाट बच्नका लागि बाइकको सहारा लिएको भारतीय संचार माध्यमले बताएका छन् । सोनाक्षीका यी तस्बिर सोसल मिडियामा चर्चाको विषय बनेको छ ।

Image result for बाइकमा सोनाक्षी सिन्हा

सोनाक्षी सिन्हा आफ्ना दुई अंगरक्षकसहित बाहिर निस्किएकी थिइन् । सडकमा उनका अंगरक्षक लगातार उनीसँगै यात्रा गरिरहेको पनि देख्न सकिन्छ ।

Image result for बाइकमा सोनाक्षी सिन्हा
Image result for बाइकमा सोनाक्षी सिन्हा
प्रतिक्रिया दिनुहोस्