भिडियो खिचिरहेका फ्यानको मोबाइल किन खोसे सलमानले?



काठमाडौं : बलिउडका सुपरस्टार सलमान खानले गोवा एयरपोर्टमा सेल्फी खिच्नेक्रममा फ्यानको फोन खोसेको भिडियो सार्वजनिक भएपछि उनको विरोध गरिएको छ।

उनले गत मंगलबार एयरपोर्टबाट निस्किने क्रममा सेल्फी खिच्दै गरेका एक फ्यानको मोबाइल खोसेको भिडियोमा देखिएको छ। सलमान मंगलबार चलचित्र ‘राधे’को छायांकनका लागि गोवा पुगेका थिए ।

गोवाको विमानस्थलमा उनलाई हेर्नका लागि सयौ फ्यान उपस्थित थिए । एक फ्यानले भने उनको भिडियो बनाइरहेका थिए । सलमानले जब, उनले भिडियो खिचिरहेको थाहा पाए, यसपछि उनले फ्यानको मोबाइल खोसे र विमानस्थलबाट बाहिरिए ।

प्रतिक्रिया दिनुहोस्