अफिसियल पेजमा प्रियंकाको तस्विर राख्दै बार्सिलोनाले लेख्यो, ‘वी लभ नेपाल’



काठमाडौं : नायिका प्रियंका कार्की अहिले फुटबल हेर्न स्पेनको बार्सिलोना पुगेकी छिन् । उनी हुनेवाला श्रीमान नायक आयुष्मान देशराज जोशीसँग स्पेन पुगेकी हुन् ।

यसैक्रममा स्पेनिश फुटवल क्लव बार्सिलोनाले आफ्नो अफिसियल फेसबुक पेजमा नेपालकी नायिका प्रियंका कार्कीको तस्बिर सेयर गरेको छ । बार्सिलोनाले आफ्नो फेसबुक पेजमा उक्त तस्विर सेयर गर्दै ‘वि लभ नेपाल’ लेखेको छ । यद्यपि, यो पोष्ट सिमित देशहरुमा मात्रै हेर्न सकिने बनाइएको छ ।

बार्सिलोनाले पोष्ट गरेको फोटोमा उनी क्याम्प नाउको रंगशालाभित्र मैदानछेउ एक युवतीका साथ देखिएकी छन् । सेतो पहिरनमा सजिएकी छन् ।

बार्सिलोनाले प्रियंकाको छोटो भिडियो समेत सेयर गरेको छ । उक्त भिडियोमा प्रियंकाले भनेकी छिन्- ‘धेरै जना यहाँ आयन चाहानुहुन्थ्यो होला तर म सबैको लागि यो सपना बाँचिरहेकी छु । धेरै रमाइलो भइराछ । यो एउटा अवसर हो, मौका हो जुन म जीन्दगीभर बिर्सन सक्दिन् ।’

प्रियंकाले बार्सिलोनामा आफ्नो मनपर्ने खेलाडी मेस्सी भएको बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस्