बलिउड कलाकार राखी कोरोना भाइरस नष्ट गर्न भन्दै चीन उडिन्



काठमाटौं : बलिउडका प्रसिद्ध अभिनेत्री तथा मोडल राखी सावन्त यतीबेला कोरोना भाइरस नष्ट गर्न भन्दै चीन उडेकी छिन् । कन्ट्रोभर्सी क्विन राखीले आफू चिन जाँदै गरेको बिमानमा सवार रहेको फोटो र भिडियो सामाजिक संजाल ईन्स्टाग्रामबाट सार्वजनिक गरेकी छन्।

सार्वजनिक भिडियोमा उनले आफूलाई भाइरससँग डर नलागेको र यसलाई नष्ट गर्नका लागि नै आफू चीन जान लागेको बताएकी छन् । राखीको यो भिडियो हेरेर मानिसहरुले निकै मजाक उडाइरहेका छन् भने उनको आलोचना पनि भइरहेको छ ।

भिडियोमा उनले अमेरिकाको नासाबाट उक्त भाइरस नष्ट गर्ने औषधी समेत मगाएको बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्