किन झाडु लगाइन् क्याट्रिनाले ?



काठमाडौं : बलिउड अभिनेत्री क्याट्रिना कैफ झाडु लगाएर सफा गरिरहेको सार्वजनिक एक भिडियो भाइरल भएको छ। यो भिडियो बलिउड स्टार अक्षय कुमारले सोसल मिडियामा सेयर गरेका हुन्। भिडियोमा अभिनेत्री कैफ झाडु लगाएर सफा गरिरहेकी छिन्।

जसमा क्याट्रिनालाई सोधिएको छ – तपाईं यो के गर्दै हुनुहुन्छ ? उत्तरमा कैट्रिना झाडु लगाउँदै भन्छिन्, ‘सफाइ गर्दै छु सफाइ ।

कैट्रिनाले किन झाडु लगाइन् भनेर तपाईले सोचिरहनु भएको छ ? तपाई धेरै नसाच्नुहोस् यो दृश्य अक्षय कुमारको आउँदो फिल्म ‘सूर्यवंशी’ को हो । रोहित सेट्टी निर्देशित फिल्म ‘सूर्यवंशी’ मा अक्षय कुमार, रणवीर सिंह, गुल्सन ग्रोवर, अभिमन्यु सिंह, अजय देवगण (केमियो भूमिका) को अभिनय देख्न सकिन्छ ।

फिल्म २७ मार्चमा रिलिज हुनेछ । करण जौहर र रोहित सेट्टी प्रोडक्सनको पहिलो फिल्म बन्नेछ । फिल्ममा ‘टिप–टिप वर्षा पानी’ बोलको गीतलाई रिमेक गरी राखिएको छ ।


प्रतिक्रिया दिनुहोस्