यस्तो बन्यो ‘प्रेम गीत ३’ को पहिलो गीत (भिडियो)



काठमाडौं : फिल्म ‘प्रेम गीत ३’ को पहिलो गीत सार्वजनिक भएको छ। ‘हात्ती ढुंगामा’ बोलको गीतमा सागर आले र मेलिना राईको स्वर सुन्न सकिन्छ । मुस्ताङमा खिचिएको यो गीतको युट्युबमार्फत सार्वजनिक गरिएको हो।

भिडियोमा फिल्मका शीर्ष कलाकार प्रदीप खड्का, क्रिष्टिना गुरुङ, सुनील थापा लगायतको अभिनय देख्न सकिन्छ । संस्कृतिको झल्को दिने उक्त गीतको भिडियोलाई कविराज गहतराजले निर्देशन गरेका हुन् ।

चैत्र २८ गतेदेखि प्रदर्शनमा आउने यो फिल्ममा छेतेन गुरुङ र सन्तोष सेनको निर्देशन छ । यस्तै फिल्मलाई सन्तोष सेनले निर्माण गरेका हुन् ।

भिडियो :

प्रतिक्रिया दिनुहोस्