जलेको अवस्थामा शव फेला



झापा : झापाको बिर्तामोड चारपानेको खेतमा परालले जलाएको अवस्थामा शव फेला परेको छ ।

हिजो (सोमबार) बेलुका परालको थुप्रोमा उक्त शव डढेको अवस्थामा फेला परेको थियो । शव कसको हो भन्नेबारे पहिचान भइनसकेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार शव डढेको अवस्थामा फेला परेको छ । शव कसको हो भन्ने विषयमा अनुसन्धान भइरहेको छ ।

प्रदेश प्रहरी कार्यालय धरानबाट कुकुर झिकाएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

मेची राजमार्गस्थित चारपाने चोकछेउ २ सय मिटर दक्षिणतर्फको खेतमा शव फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी कृष्ण कोइरालले सोमबार राति १२ बजे आसपासमा चारपाने चोकमा केही युवाहरुबीच झगडा भएकाले उक्त शव स्थानीयकै भएको आशंका गरिएको छ । तर, पुष्टि भएको छैन ।

घटनास्थलमा रगत र ढुङ्गा भेटिएको र त्यसको ५० मिटरको दूरीमा रहेको खेतमा परालले जलाएको अवस्थामा शव फेला परेको हो । प्रारम्भिक अनुसन्धामा हत्या भएको देखिए पनि पूरा अनुसन्धान भने हुन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्