बलिउड कलाकार : कसैले क्यान्सर जिते, कसैलाई क्यान्सरले जित्यो



काठमाडौं : चिकित्सा विज्ञानमा सबैभन्दा जटिल रोग मानिन्छ, क्यान्सर । तर, धेरैले क्यान्सरलाई जितेर पनि अघि बढिरहेका छन् भने कतिको मृत्यु पनि भएको छ ।
आज हामी ती भाग्यमानि बलिउड कलाकारको कुरा गछौं जो मृत्युको मुखबाट बचेर अभिनयमा सक्रिय छन् ।

मनिषा कोइराला


नेपाली मुलकी अभिनेत्री मनिषा कोइरालाई पनि ‘ओवरियन क्यान्सर’ भएको थियो । केहि महिना उनको उपचार अमेरीकामा भयो । विस्तारै पेट फुल्न र ओजन घट्न थालेपछि फुड पोइजिनिङ भएको होला भन्ने सोचिन तर पछि चेकअप गर्दा त अण्डाशयमा क्यान्सर भएको पत्ता लाग्यो । २०१७ मा स्वास्थ्य ठिक भएपछि उनले फिल्म ‘डियर माया’ मार्फत बलिउडमा फेरी एन्ट्रि गरिन् । त्यति मात्र हैन विश्वका विभिन्न ठाउँमा पुगेर क्यान्सरविरुद्ध जनचेतना जगाउने अभियानमा सक्रिय छिन् ।

लिजा रे


क्यानेडियन मुलकी अभिनेत्री लिजा रे पनि क्यान्सरबाट पिडित बलिउड कलाकार हुन् । उनलाई सन् २००९ मा ‘प्लाजमा सेल्स क्यान्सर’ लागेको पत्ता लागेको थियो । त्यसपछि उनले ‘स्टेम सेल ट्रान्सप्लान्ट’ गरिन् । त्यसपछि अहिले उनी पूर्ण रुपमा क्यान्सरमुक्त भइसकेकी छन् ।

सोनाली बेन्द्रे


चर्चित बलिउड अभिनेत्री सोनाली बेन्द्रे पनि क्यान्सर पीडित हुन् । क्यान्सर रागेले आक्रान्त पारेपछि उनीले लामो समयसम्म अमेरीकामा उपचार गराइन् र अहिले घर फर्किएकी छन् । उनको स्वास्थ्यमा सुधार आइरहेको जनाइएको छ । उनलाई ‘हाई ग्रेड क्यान्सर’ भएको थियो ।

अनुराग बासु


बर्फि मर्डर र ग्याङस्टार जस्तो फिल्म बनाएका निर्देशक अनुराग बासुलाई पनि २००४ मा ‘ब्लड क्यान्सर’ भएको थियो । चिकित्सकले उनलाई ३÷४ महिला मात्र बाच्ने उद्घोष गरेका थिए । तर, क्यान्सरविरूद्धको साहसपूर्ण लडाइँमा उनी सफल भए । त्यसै सफलताका कारण अहिले उनी कामयावी छन् ।

ताहिरा कश्यप


अभिनेता तथा गायक आयुष्मान खुरानाकी श्रीमती ताहिरालाई पनि स्तन क्यान्सर भएको थियो । ताहिरा आफैंले यसबारे सोसल मिडियामा जानकारी दिएकी थिइन् । ताहिराले आफूलाई स्तन क्यान्सरको स्टेज जिरोमा नै यसबारे पत्ता लागेको जानकारी दिएकी थिइन् । उपचार पछि अहिले उनी ठिक छन् ।

क्यान्सरबाट ज्यान गुमाएका कलाकार
राजेश खन्ना

Image result for राजेश खन्ना"


सुपरस्टार राजेश खन्नाले क्यान्सरकै कारण मृत्युवरण गर्नुपर्यो । मुम्बईको ब्रीच क्याण्डी अस्पतालमा उनले अन्तिम सास फेरे । उनको लिभरमा इनफेक्सन भएको थियो, जसका कारण उनको किड्नीले काम गर्न छड्यो ।

फिरोज खान

Image result for फिरोज खान"


‘कुर्बानी’ का स्टार नायक फिरोज खानको पनि क्यान्सरकै कारण मृत्यु भएको थियो । सन् २००८ मा क्यान्सरबाट लड्दै गर्दा बेग्लोरमा २००९ मा उनको निधन भयो ।

विनोद खन्ना

Image result for विनोद खन्ना"


बलिउड स्टार विनोद खन्नाको पनि २०१७ को अप्रिलमा ब्लड क्यान्सरकै कारण निधन भयो । पिसाबको रङ रातो हुने, खुलेर पिसाब गर्न नसक्ने, रगत आउने आदी लक्षण ब्लड क्यान्सरको हो । यसको उपचार किमोथेरापि, इमयुनोथेरापी र रेडिएशनबाट सम्भव छ ।

प्रतिक्रिया दिनुहोस्